आगलागिमा श्रीमानको मृत्यु भएपछि श्रीमतीद्धारा आत्महत्या
मुगु न्युज डट कम ,
फागुन ३ मुगु-----------------
गएको विहिबार राती आगलागि हुँदा आगोमा जलेर श्रीमानको मृत्यु भए पछि घाईते भएकि मृतककी श्रीमतिले शनिवार नदिमा हाम फालेर आत्म हत्या गरेकि छन ।
जिल्लाको पश्चिम क्षेत्र खत्याड भेकको ह्याँग्लु गाविस वडा नम्बर एक विना गाउँको कुईया पानी भन्ने ठाउँमा विहिवार राती आगलागि हुँदा ह्याँग्लु गाविस वडा नम्बर १ विना गाउँका २२ वर्षीय विरेन्द्र शाहीको जलेर मृत्यु भएको थियो भने उनकी श्रीमति २१ वर्षीया सरिता शाही घाईते भएकि थिईन । गएको मंसिरमा मात्र विवाह बन्धनमा बाँधिएकि शाहीले श्रीमानको आगलागिमा परि मृत्यु भए पछि शनिवार दिउसो घर परिवार र अन्य आफन्तको आँखा छलेर नजिकै रहेको कर्णाली नदिमा हाम फालेर आत्म हत्या गरेको स्थानीयवासीले बताएका छन ।
आगलागिबाट श्रीमानको मृत्यु भएपछि भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकी उनकी श्रीमती सरिताले समेत नदिमा हाम फालेर शनिवार आत्म हत्या गरेको रातापानी प्रहरी चौकिका असई सिंहबहादुर शाहीले जानकारी दिए । आगलागिबाट छोराको मृत्यु भएको शोक व्यहोरि रहेका मृतक शाहीका परिवारमा बुहारीले समेत आत्म हत्या गरेपछि झन शोक थपिएको छ भने मृतक शाही विरेन्द्रका बुवाको होस यो समाचार तयार पार्दासम्म नखुलेको उनका छिमेकिले बताएका छन ।
0 comments
बिचार लेख्नुहोस्..