मातृ शिशु सुरक्षा कार्यक्रमको वार्षिक लाखौ रकम दुरुपयोग
सुमन मल्ल,
मुगु न्युज डट कम,
माघ २० मुगु--------
जिल्ला भरि रहेको ८ वटा प्रसुति गृह र अन्य स्वास्थ्य संस्थामा पुगेर प्रसुति गराउने गर्भवति महिलाको संख्या न्युन देखिएको छ भने सुरक्षित मातृ शिशु कार्यक्रमका लागि आउने लाखौ रकम वर्षेनी दुरुपयोग हुने गरेको पाईएको छ ।
गर्भवति महिलाले चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ चेक जाँच गराए बापत चार सय , स्वास्थ्य संस्थामा सुत्केरी भएबापत १५ सय रुपैयाँ पाउने व्यवस्था भए पनि जिल्ला अस्पताल बाहेक भेक क्षेत्रमा रहेका स्वास्थ्य संस्था तथा प्रसुति गृहबाट आफुहरुले कुनै रकम नपाएको स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलाहरुले बताएका छन भने गर्भ चेक जाँच गराएका तर स्वास्थ्य संस्थामा सुत्केरी नभई घरमा नै सुत्केरी भएका महिलाहरुको तथ्याकं पनि जिल्ला स्वास्थ्य कार्यालयमा पेश गरि भेक क्षेत्रका स्वास्थ्य चौकिका स्वास्थ्य कर्मिले रकम लिने गरेको पनि पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुले प्रसुति सेवा तथा परिवार नियोजनको अवस्था बारे जिल्लाका सञ्चारकर्मिलाई अनुगमन गर्न आग्रह गरे पछि अनुगमन गर्दा त्यस्तो तथ्य बाहिर आएको हो । पुषको अन्तिम साताबाट जिल्लाका किम्री, ढुंगेधारा, माँग्री , रारा , नार्थपुमा रहेका प्रसुति गृहबाट प्रवाह हुने प्रसुति सेवाको अनुगमन गर्दा त्यस्तो देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयबाट चालु आर्थिक वर्षको माघ सम्म प्रसुति गृह पिनाका लागि ७५ हजार, नार्थपुका लागि ६६ हजार ६ सय,किम्रीका लागि ७० हजार र ढुंगेधाराका लागि १ लाख रकम गएको देखिएको छ । स्रोतले जनाए अनुसार प्रसुति गृहले प्रसुति सेवा प्रदान गरे बापत पाउने रकम कार्यालयले पठाए पनि स्वास्थ्य चौकि ईन्चार्जले कसैलाई जानकारी नदिई आफै चलाउने गरिरहेका छन । स्वास्थ्य संस्थामा एक जना गर्भवतिले चार पटक गर्भ जाँच गराएको चार सय र यातायात खर्च बापत १५ सय गरि १९ सय , सुत्केरी गराउन खटिने स्वास्थ्यकर्मिले ३ सय र सम्बन्धित स्वास्थ्य संस्थामा प्रसुति सेवा व्यवस्थापन खर्च भनेर ७ सय गरि २९ सय रकम जाने गरेको छ । रहेको स्वास्थ्य चौकि तथा प्रसुति गृहमा स्वास्थ्यकर्मि नगएको लामो समय भई सकेको छ भने प्रसुति गृह, स्वास्थ्य चौकि बन्द अवस्थामा रहेको छ । तर जिल्ला स्वास्थ्य कार्यालयमा पुगेको तथ्याँक अनुसार साउन देखि यता १५ जना महिलाले प्रसुति गृहमा पुगेर सुरक्षित रुपमा सुत्केरी भएको देखाईएको छ । सुत्केरी भएका महिलाहरुले आफुहरु घरमा नै सुत्केरी भएको र कुनै रकम समेत नपाएको गुनासो गरेका छन । त्यस्तै ढुंगेधारा स्वास्थ्य चौकि र प्रसुति गृहमा सुत्केरी भएका गर्भवति महिलाले पनि रकम नपाएको बताएका छन । स्वास्थ्यकर्मिले सुत्केरी भए बापत प्रोत्साहन र यातायात खर्च बापत पाउने रकम जिल्लाबाट नै नआएको भन्ने गरेको रोवा ८ लुम्स कि कमला ऐडीले बताईन । ढुंगेधारा प्रसुति गृहले जिल्ला स्वास्थ्यमा पठाएको तथ्याकंमा गएको साउन देखि हालसम्म २६ जना महिलाले सुरक्षित रुपमा प्रसुति गृहमा सुत्केरी भएको देखाएको छ तर प्रसुति गृह रहेको गाउँ लुम्समा मात्रै नौ जन गर्भवति महिला घरमा नै सुत्केरी भएको पाईएको छ । स्वास्थ्य संस्थामा नभई घरमा नै सुत्केरी भएको लुम्स गाउँकि हिरामती ऐडी ( रोकाया ) ले वताईन । उनले भनिन म लगायतका ९ जना घरमा नै सुत्केरी भएका हौ तर अगाढी गर्भ जाँच गराउन मात्र स्वास्थ्य संस्थामा गएका थियौ ।
स्वास्थ्य चौकि माँग्रीमा साउन यता २० जना महिला घरमा नै सुत्केरी भएका छन । प्रसुति गृहको भवन निर्माणाधिन अवस्थामा रहेकाले स्वास्थ्य चौकिमा गर्भ जाँच गराउन आउने भए पनि घरमा नै सुत्केरी हुने गरेको स्वास्थ्य चौकिका अनमि यमकुमारी गौतमले बताईन । उनले भनिन स्वास्थ्यकर्मिको निगरानीमा सात जनाले घरमा सुत्केरी भने जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको थियो । अहिलेसम्म स्वास्थ्य चौकिमा गर्भ चेक जाँच गराउने गर्भवतिका लागि रकम आएको थाहा नभएको गौतमको भनाई छ । प्रसुति गृह रारामा साउन यता पाँच जना स्वास्थ्य संस्थमा सुत्केरी भएको देखिए पनि एक जना बाहेक चार जना गर्भवति महिला घरमा नै सुतकेरी भएका छन । वडा नम्बर ८ र ९ मुर्मा गाउँका गर्भवति महिला जुनसुकै वेला घरमा सुत्केरी हुने गरिरहेका छन । उनिहरुको गाउँ देखि प्रसुति गृह रहेको कच्चेमा पुग्न पाँच घण्टा लाग्ने गरेको छ । नार्थपुमा रहेको प्रसुति गृहमा लामो समय देखि अनमि निराकुमारी शाही अनुपस्थित छन भने प्रसुति गृहको साँचो समेत नहुँदा प्रसुति सेवा प्रदान गर्न नसकिएको अहेव महेन्द्र शाहीले जानकारी दिए । तर जिल्ला स्वास्थ्य कार्यालयमा साउन देखि यता १५ जना गर्भवति महिलाले सुरक्षित प्रसुति सेवा प्राप्त गरेको तथ्याकं प्रसुति गृह नार्थपुले पठाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..