भिरबाट खसेर एकको मृत्यु एक घाईते
मुगु न्युज डट कम,
माघ २० मुगु---------
रुगा गाविस वडा नम्बर १ तिर्प गाउँ नजिक रहेको ढुक्किर भन्ने स्थानमा भिरबाट खसेर आईतबार वेलुकि एक जना युबकको मृत्यु भएको छ भने एक जना युवा घाईते भएका छन । आईतवार बेलुकि सदरमुकाम गमगढीबाट घर तर्फ फर्कदै गरेका तिर्प गाउँका २० वर्षीय कलबहादुर बोहोरा र १९ वर्षिय शिवराज ऐडी गाउँ नजिकैको भिरबाट खसेको स्थानीयवासी जग्गी रोकायाले जानकारी दिए ।
आफुसंग चामलको भारि रहेको र दुई जना आफु भन्दा २० मिटर अगाडी रहेका र दुवै जना एक्कासी भिरबाट खसेको रोकायाले बताए । भिरबाट खसेका बुढाको तत्काल मृत्यु भएको छ भने घाईते अवस्थाका ऐडीको जिल्ला अस्पताल मुगुमा अपचार भईरहेको बताईएको छ । मृतक बोहोराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको र घटना स्थलको मुचुल्काका लागि प्रहरी गईसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..