जनशक्ति नहुँदा मतदाता नामावली संकलन कार्य सुरु भएन
मुगु न्युज डट कम,
माघ २० मुगु---------
संविधान सभा निर्वाचन पछि राष्टिय निर्वाचन आयोगले माघ १५ गतेबाट पुन मतदाता नामावली संकलन कार्य सुरु गरे पनि मुगुमा कर्मचारी नहुँदा संकलन कार्य सुरु हुन सकेको छैन ।
मतदाता नामावली संकलनका लागि तालीम लिएका पदमबहादुर रावल जिल्ला बाहिर रहेकाले १५ गतेबाट सुरु गर्नु पर्ने मतदाता नामावली संकलनको काम सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । मतदाता नामावली संकलन गर्दा कम्प्युटरमा अलगै सफ्टवयरको प्रयोग हुने तथा त्यसको तालीम रावलले मात्र प्रयोग गर्न जानेकाले रावल नआउदासम्म यो कार्य अघि नबढ्ने जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख राजिमान बुढाले जानकारी दिए ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा कुल जनसंख्या ५५ हजार छ भने २०७० मंसिर ४ गते सम्पन्न भएको संविधान सभाको निर्वाचनमा जिल्लाका कुल २३,८१८ मतदाता मध्य १८ हजार ३ सय ८ मतदानमा सहभागि भएका थिए । जसमा १७ हजार ६ सय ८१ मत सदर भएका थिए भने ६२७ मत बदर भएका थिए ।
0 comments
बिचार लेख्नुहोस्..