तिन दिन देखि लगातारको हिमपातले जनजीवन कष्टकर
मुगु न्युज डट कम,
फागुन ४ मुगु------------
शुक्रबार देखि भएकाृे लगातारको भारी हिमपातका कारण जिल्ला सदरमुकाम गमगढी लगायत उच्च हिमाली क्षेत्रका गाउँ बस्तिको जनजीवन कष्टकर बनेको छ ।
शुक्रबार देखि लगातार भएको हिमपातले चिसो अत्याधिक रुपमा बढे पछि सदरमुकाम लगायत आसपासका गाविसमा रहेका शैक्षिक संस्थाहरु पुर्ण रुपमा बन्द रहे भने सरकारी तथा गैर सरकारी कार्यालयहरुमा सेवा ग्राहीको संख्या पनि न्युन नै देखिएको थियो ।
हिमपातका कारण सदरमुकाम बाहिरका रोवा ,रारा, सेरी, खमाले, माँग्री , पुलु, किम्री, डोल्फु, मुगु, कार्कीवाडा, पिना लगायतका गाविसहरुमा सबै भन्दा बढि पशुपालक कृषकहरुको जनजीवन कष्टकर बनेको छ । पशु वस्तुलाई गोठबाट निकाल्न समेत गाह्रो भईरहेको स्थानीयवासीले बताएका छन ।
गाई भैंसि, तथा घोडा खच्चडका लागि घाँस सञ्चित हुने भए पनि भेडा र बाख्रा पाल्नेहरुका लागि निकै समस्या भईरहेको छ । भेडा बाख्रालाई बनमा नै लिनु पर्ने तथा रुखबाट भाँस काटेर खुवाउनु पर्ने भए पनि हिउँले सम्पुर्ण बन जंगल ढाके पछि गाई बस्तु भेडा बाख्रा गोठबाट निकाल्न नसकिएको रोबाका स्थानीयवासी धर्मदत्त बुढाले बताए ।
अघिल्लो पटक भएको हिमपात पछि पुन सञ्चालनमा आएको ताल्च विमान स्थलको हवाई सेवा फेरि भएको हिमपातले अवरुद्ध हुने देखिएको छ । ताल्च विमान स्थलको धावन मार्गमा अहिले १ फिट हिउँ जमेको र जमेको हिउँ पग्लन हप्ता दिन भन्दा बढि समय लाग्ने संम्भावना रहेको नेपाल नागरिक उड्ययन कार्यालय ताल्चले जनाएको छ । तिन दिन देखि भएको हिमपातले हवाई सेवा , सडक यातायात अबरुद्ध हुँदा काम विषेशले मुगुबाट नेपालगञ्ज ,काठमाण्डौ जाने आउने सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारीले बाजुरा र जुम्लाको पैदल यात्रा गर्नु पर्ने देखिएको छ भने सडक यातायात अबरुद्ध हुँदा व्यापारिक सामान बिच बाटोमा नै रोकिए पछि व्यापारीहरु चिन्तामा परेका छन । हिउँद बढि हिमपात हुँदा हिउँदेवालीको उत्पादन राम्रो हुने भन्दै कृषकहरु हर्षित देखिएका छन ।

0 comments
बिचार लेख्नुहोस्..