तोकिएको समय सकिए पनि प्रस्तावित कार्यक्रमको विवरण बुझाएनन
मुगु न्युज डट कम,
फागुन १४ मुगु-----
जिल्ला विकास समितिले फागुन २७ गते सातौ जिल्ला परिषद तोकेको छ भने फागुन १५ र १६ गते विषयगत समितिहरुको बैठक बोलाएको छ । त्यस्तै २२ र २३ गते एकिकृत योजना तर्जुमा गोष्ठी राखेको छ । यस अघि नै जिविसले सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई फागुन १२ गते भित्र आगामी आर्थिक वर्ष २०७१ । ०७२ का लागि प्रस्तावित योजना तथा कार्यक्रमको विवरण पेश गर्न पत्राचार गरेको भए पनि अधिकाँश कार्यालयहरुले बुधवारसम्म पनि पेश नगरेको जिविसले जनाएको छ ।
१२ गते सम्म प्रस्तावित कार्यक्रम र योजनाको विस्तृत विवरण बुझाउनु पर्ने भन्दै जिविसले पत्राचार गरे पनि बुधवारसम्म जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयले मात्रै प्रस्तावित कार्यक्रमको विवरण पेश गरेको जिल्ला विकास समिति मुगुको योजना शाखाले जनाएको छ । जिल्लामा क्रियाशील रहेका दुई दर्जन बढि गैर सरकारी संघ संस्था मध्य ६ वटा संस्थाले मात्र प्रस्तावित कार्यक्रमको विवरण पेश गरेको शाखाले जनाएको छ ।
सरकारी कार्याललयहरुले जिल्ला विकास समितिले आयोजना गर्ने एकिकृत योजना तर्जुमा गोष्ठीमा आफ्ना प्रस्तावित कार्यक्रम प्रस्तुत गर्ने गरिरहेका भए पनि गैर सरकारी संस्थाले जिविसमा प्रस्तुत गर्नु पहिले आफै एकिकृत योजना तर्जुमा गोष्ठी र समिक्षा गोष्ठी आयोजना गर्ने नयाँ संस्कारको सुरुवात गरेका छन । बुधवार साहस नेपाल मुगुले आयोजना गरेको गोष्ठीमा जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले अन्य सरकारी कार्यालय र गैर सरकारी कार्यालयले जिविसमा आउनु पहिले आफैले एकिकृत योजना तर्जुमा गोष्ठी आयोजना गर्दा राम्रो हुने बताए । एकै चोटी जिविसले आयोजना गर्ने गोष्ठीमा सबैले आफ्ना प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दा प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरु हतारमा छनौठ हुने तथा प्रभावकारिता समेत नहुने गौतमको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..