आर्थिक सञ्चालन कार्य योजना निर्माण
मुगु न्युज डट कम---
फागुन १४ मुगु---
जिल्लाको समग्र कृषि क्षेत्रको सुधार गर्नको लागि निर्माण गर्न लागिएको कृषि विकास रणनितिक योजनाका लागि आवश्यक पर्ने स्रोत संकलन तथा खर्च व्यवस्थापनका लागि आर्थिक सञ्चालन कार्य योजना २०७० निर्माण गरिएको छ ।
बुधबार जिल्ला खाद्य सुरक्षा सञ्जालको समन्वयमा जिल्ला कृषि विकास कार्यालय मुगुमा आयोजना गरिएको सरोकारवाला निकायको सुझाव संकलन बैठकमा कार्ययोजनाको मस्र्यादा बारे जानकारी गराईएको छ ।
कृषि विकास रणनितिक योजना निर्माण गर्नका लागि खाद्य सुरक्षा तथा कृषि सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेका सरकारी तथा गैर सरकारी निकायबाट स्रोत संकलन गरिने र त्यसका लागि खर्च गर्न खाता सञ्चालन , खर्च प्रक्रिया लगायतका विषयलाई व्यवस्थित गर्न आर्थिक सञ्चालन कार्य योजना निर्माण गरिएको छ । कार्ययोजनासंगै रणनितीक योजना निर्माण गर्न १५ लाख ६३ हजार ३ सय ३० रुपैयाँ खर्च लाग्ने आर्थिक प्रस्ताव समेत गरिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..