विभिन्न कार्यक्रम आयोजना गरि स्वास्थ्य दिवश मनाईयो
मुगु न्युज डट कम,
फागुन १५ मुगु---------
गुण स्तरिय सेवा, देश विकासका लागि दरिलो टेवा भन्ने मुल नाराका साथ विहिबार विभिन्न कार्यक्रम आयोजना गरि प्रथम राष्टिय स्वास्थ्य दिवश २०७० मनाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सदरमुकाम गमगढीमा ¥यालीको आयोजना गरिएको थियो भने जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका अवसरमा जिल्ला अस्पताल परिसरमा सरसफाई समेत गरिएको छ ।
प्रयोगशालामा प्रर्याप्त उपकरण नभएको ,जिल्ला अस्पताल र सदरमुकाम बाहिरका स्वास्थ्य संस्थामा सधै स्वास्थ्यकर्मि र औषधी अभाव हुँदा ग्रामीण क्षेत्रका सर्व साधारण न्युनतम स्वास्थ्य सेवाबाट बञ्चित भईरहे पनि जिल्ला स्वास्थ्य कार्यालय , स्वास्थ्य व्यवस्थापन समिति र सरोकारवाला निकाय मौन रहेको जिल्लाका राजनीतिक दलहरुका नेताले आरोप लगाएका छन । प्रथम राष्टिय स्वास्थ्य दिवशका अवसरमा आयोजित कार्यक्रममा सहभागि भएका जिल्लाका राजनीतिक दलहरुले यस्तो आरोप लगाएका हुन ।
सम्बन्धित स्वास्थ्य संस्थामा दरबन्दि रहेका स्वास्थ्यकर्मि कार्य क्षेत्रमा नगई सदरमुकाममा नै बस्ने गरेका र त्यस्ता स्वास्थ्यकर्मिलाई कार्वाही गर्न खोज्दा परोक्ष प्रत्येक्ष रुपमा राजनीतिक दवाव आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले बतायो । तर राजनीतिक दलहरुले भने स्वास्थ्य कार्यालयलाई यस्तो कुनै पनि दवाव नदिएको दावी गरे ।
जिल्ला अस्पताल र सदरमुकाम बाहिरका सवै स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दा भौतिक पुर्वाधार, जनशक्ति व्यवस्थापन, संस्थागत व्यवस्थापन तथा औषधी लगायतका सबै क्षेत्र सन्तोष जनक नदेखिएकाले त्यसमा लार्पवाही गर्ने कर्मचारीलाई स्वास्थ्य सेवा निर्देशिका अनुसार कारवाही गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिई सकिएको र सम्बन्धित निकायमा समेत पठाई सकेको प्रमुख जिल्ला अधिकारी गिरीले बताए । उनले भने , जिल्लामा गुण स्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न धेरै बाधा अड्चन छन हामी सवै मिलेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लाग्नु पर्ने हुन्छ ।

0 comments
बिचार लेख्नुहोस्..