भारतीय दुतावासद्धारा रातापानी क्याम्पसलाई चार करोड सहयोग
पुष्पा शाही---------
मुगु न्युज डट कम,
फागुन ८ रातापानी, मुगु------------
भारतिय राजदुतावासले जिल्लाको पश्चिम खत्याड भेकमा रहेको रातापानी शिक्षा क्याम्पसको भौतिक पुर्वाधार निर्माणका लागि चार करोड बढि आर्थिक सहयोग गर्ने भएको छ ।
क्याम्पसका लागि भौतिक पुर्वाधार निर्माण गर्न भारतीय सरकारले नेपाल स्थित आफ्नो दुतावास मार्फत क्याम्पस मार्फत चार करोड सन्ताउन्न लाख रकम सहयोग गर्न लागेको स्थानीयवासी दानबहादुर रावतले जानकारी दिए । भारतीय सरकारले भौतिक पुर्वाधार निर्माणका लागि आर्थिक सहयोग गर्ने भए पछि नेपाल भारत मैत्रि संघका केन्द्रीय सदस्य पदम बहादुर कार्कीको उपस्थितीमा यसै हप्ता रातापानीमा नेपाल भारत मैत्रि संघको नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्य समितिमा कर्ण बहादुर कार्की अध्यक्ष, गमबहादुर रावत उपाध्यक्ष, रामबहादुर कार्की कोषाध्यक्ष , दिपक सावद कोषाध्यक्ष सहित २१ सदस्यीय संघको कार्य समिति चयन गरिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..