एमाओवादी कार्यकर्ताद्धारा पाटी परित्याग


मुगु न्युज डट कम-
फागुन ९ मुगु------------
एनेकपा माओवादीले युद्ध ताका र शान्ति प्रक्रियामा आईसकेपछि जनतासंग बोलेका र पाटीको लाईन विर्सेको भन्दै पाटी जिल्ला कमिटी सचिवालय सदस्य हस्तबहादुर शाहीले पाटी परित्याग गरेको घोषणा गरेका छन ।
पाटीको केन्द्र तह देखि जिल्ला तहसम्म दलगत स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएको जिल्ला स्तरमा कार्यकर्ताबीचमा द्धन्द्ध गराएको, पाटीको नारा र एजेण्डा विर्सिएको भन्दै शाहीले पाटी परित्याग गरि स्वतन्त्र बस्ने जनाएका छन ।
 २०५९ सालमा भुमिगत भएका शाहीले तत्कालिन युद्धरत माओवादीले काठमाण्डौ उपत्यका आक्रमण गर्दा ढाडमा टेकेर टाउकोमा हान्ने योजना अनुसार  थानकोट प्रहरी चौकि आक्रमणमा सहभागि भएका थिए । एमाओवादीका नेताहरुले पाटीका कार्यकर्ताहरुलाई प्योग गरेर ब्यक्तिगत स्वार्थ पुरा गरेको शाहीले बताए । माओवादीको युद्धमा भुमिगत हुनु पहिले शाही नेपाली काँग्रेस सर्मथक थिए ।

0 comments

बिचार लेख्नुहोस्..