करानका पाँच गाविसमा रोकाआ पालो
सुमन मल्ल-
फागुन ८ मुगु--------
जिल्लाको पुर्वि करानका पाँच गाविसका वस्ती र समुदायमा पुग्ने सरकारी तथा गैर सरकारी संघ संस्थाका कर्मचारीहरुलाई रोकाआ पालो लगाउने चलन लोक प्रिए रहेको छ ।
समुदायमा विकास निर्माणका काम विषेशले गाउँ पुग्ने सरकारी तथा गैर सरकारी संघ संस्थाका कर्मचारीहरुलाई खाना र वस्नको व्यवस्था मिलाउने ब्यक्तिलाई रोकाया भन्ने चलन छ भने गाउँमा पुग्ने यस्ता कर्मचारीहरुलाई रोकाआले पालैपालो घर घरमा खाना र बस्नको प्रबन्ध मिलाउने काम गर्दछ । परम्परा देखि नै रोकाआ पालो लगाउने चलन रहेको र यि ठाउँमा बस्न र खानको लागि होटेलको व्यवस्था नहुँदा गाउँमा पुग्ने सरकारी तथा गैर सरकारी निकायका कर्मचारी र अपरिचित पाहुना पुगे रोकाया पालो लगाउने पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका धावा लामाले बताए ।
रोकाआले गाउँमा आउने पाहुनालाई खान र बस्नको मात्र प्रबन्ध गर्ने नभई गाउँमा हुने विकास निर्माण , विवाह वर्तबन्ध, कचहरी, छलफल , धार्मिक परमपरा लगायतका सबै गतिविधी हुँदा सबैलाई खबर गर्ने तथा त्यसको अगुवाई गर्ने गरिरहेको डोल्फु गाउँका कार्मा लामाले बताए । यस्तो जिम्मेवारी पाएको व्यक्तिलाई खस समुदायमा कटुवाल भन्ने गरिन्छ । तर खस समुदायमा यो चलन हराई सकेको छ । करानका माँग्री, पुलु, किम्री, डोल्फु र मुगु गाविसमा रहेको यो चलन अनुसार एक वर्षका लागि रोकाआ चुन्ने गरिन्छ । गाई वस्तु लेकमा र बेसी लिने ल्याउने , बाली नाली लगाउने काट्ने लगायतका समुदायका सम्पुर्ण कामको निर्धारण गर्ने गरिन्छ भने यो लामा जनजाती समुदायको अघोषीत नियम हो । रोकाआले यस्ता काम गर्दा गाउँका ग्याल्बो (जानमान ) को सल्लाह अनसार काम गर्नु पर्छ । समुदायका कसैले गाउँको नियम पालना नगरे ग्याल्बो कै सल्लाहमा रोकाआले सजाय तोक्ने गर्दछन भने यिनीहरुको सजाय निकै कडा अर्थात समाजले बहिष्कारसम्म गर्ने हुँदा यसको उलग्घन भने कमै मात्र हुने गरेको स्थानीयवासीको भनाई छ ।
सदरमुकाम नजिक रहेको माँग्री गाविसमा रोकाआ प्रथा हटे पनि ग्याल्बोको नियम अनुसार चल्नु पर्छ भने मुगु गाविसमा भने पछिल्ला समयमा तिब्बतसंगको व्यापार र चर्चामा आएको यार्चा गुम्बा संकलन गर्नेहरुको भिडभाड हुने तथा विदेशी पर्यटकहरु पनि माथिल्लो मुगुसम्म घुम्न जाने कारणले यो रोकाआ प्रथा छोडेर होम स्टे तिर स्थानीयवासी आर्कषित भएका छन ।
0 comments
बिचार लेख्नुहोस्..