अग्नि पिडीतलाई राहत प्रदान

मुगु न्युज डट कम-
फागुन ७ मुगु-------
गएको विहिबार र शनिवार जिल्लाका अलग अलग स्थानमा भएको आगलागिबाट पिडीत भएका अग्नि पिडीत परिवारलाई बुधबार राहत वितरण गरिएको छ ।
 सदरमुकाम गमगढीमा आयोजना गरिएको एक कार्यक्रमका बिचमा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवि प्रकोप उद्धार कोषका संयोजक बल भद्र गिरीले अग्नि पिडीत परिवारलाई राहत हस्तान्त्रण गरेका हुन । मुगु उद्योग बाणिज्य संघले संकलन गरेको एक लाख एकतिस हजार र जिल्ला दैवी प्रकोप उद्धार कोषबाट एक लाख पाँच हजार राहत वितरण गरिएको मुगु उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
 विहिबार राती आगलागिबाट मृत्यु भएका ह्याँग्लु गाविस वडा नम्बर १ का विरेन्द्र बहादु शाहीका परिवारलाई कोषको चालिस हजार र बाणिज्य संघको तिस हजार गरि ७० हजार, शनिवार राती गमगढीमा भएको आगलागिमा परि ज्यान गुमाएकि १२ वर्षिया जानकी उपाध्याय जैसीका परिवारलाई कोषको चालिस हजार र संघको पच्चिस हजार गरि पैसट्ठी हजार र आगलागीबाट घर र सम्पुण धन सम्पति गुमाएका पशुपति शाहीलाई कोषको पच्चिस हजार र संघको ७६ हजार गरि एक लाख एक हजार राहत बुधबार वितरण गरिएको छ । त्यस्तै गरि गएको भदौमा वर्षाका कारण घर भत्किएका तथा राहत नपाएका श्रीनगर गाविस वडा नम्बर पाँचका लक्ष्मीप्रसाद चौलागाईलाई पाँच हजार र हर्ष देवी खत्रिलाई तिन हजार बाणिज्य संघका तर्फबाट राहत प्रदान गरिएका संघका कार्यवाहक अध्यक्ष कमल बुढाले बताए ।

0 comments

बिचार लेख्नुहोस्..