सरकारी जग्गा अतिक्रमण तिब्र

जीबन सेजुवाल --मुगु ११ फागुन, जिल्ला सदरमुकाम गमगढीमा रहेका केहि सरकारी कार्यालय र सार्बजनिक जग्गामा बजारमै बसोबासगर्ने केहि ब्यक्तिले अतिक्रमण तिब्र गरे पनि सम्बन्धित सरोकारवाला निकाय भने मौन देखिएका छन ।
 सदरमुकाम गमगढीको मुल बजारमा रहेको जिल्ला वन कार्यालय, पशु सेवा कार्यालयको जग्गामा सदरमुकाममै बस्ने केहि ब्यक्तिले घर टहरा र सौचालय बनाउदै गरेका र बजारमै रहेको कालिका मालिका मन्दिरको जग्गा समेत आफनो नाममा गरिसकेका भएपनि सम्बन्धित सरोकारवाला निकाय मौन देखिएका हुन ।
 सबै भन्दा बढी जग्गा भएको सरकारी कार्यालय मध्ये जिल्ला वन कार्यालयको  नापि कार्यालयमा रहेको नापि नक्सा कित्ता नम्बर नौमा रहेको ००३ हजार ३ सय ६० बर्गमिटर क्षेत्रफल मध्ये उत्तर तिर मुख्य बजार तिर जोडिएको भागमा बजारबासि केहि ब्यक्तिले आफानो मनोमनिले १३ वटा काठका घर टहरा बनाई ब्यपार ब्यबसाय गरेको  पाँच छ बर्ष बिति सक्दा पनि उनि हरुलाई हडाउन कुनै चाँसो जिल्ला वन कार्यालयले देखाएको छैन भने जिल्ला पशु कार्यालयकोको छ वटा कित्ता रहेको  ८ हजार ६ सय ८४ प्वाईन्ट ७५ बर्गमिटर क्षेत्रफल रहेको जग्गामा पनि स्थानिय बासिले आफना निजि सौचालय बनाई प्रयोग गर्दै आएका भएपनि जिल्ला पशुकार्यालयले बेला बेला ति सौचालय हटाउन जानकारी गरेको भएपनि अहिले सम्मा कसैले चासो देखाएका छैनान ।
 जिल्लाको प्रख्यात मानिने कालिका मालिका मन्दिरको फुलपाति बिर्सजन गरिने कित्ता नम्बर १५ मा रहेको ०००१० बर्गमिटर रहेको जग्गा कालिका मालिका मन्दिरको नाममा नापि भएको भएपनि यो जग्गा अहिले श्रीनगर गाबिस वडानम्र ३ निबासि चित्र बहादुर मल्लले आफनो नाममा गरिसकेका छन भने मन्दिरकै आसपासमा रहेको ०२ हजार २ सय ४८ बर्ग मिटर जग्गामा समेत मन्दिर आसपासका ब्यक्तिले आखाँ गाड्न लागेका र केहि संग अहिले सम्मा जग्गाको बिषयमा बिबादै रहेको मन्दिरका पुजारी पुर्णप्रसाद  चौलागाईले जानकारी दिएका छन। अनका अनुसार बजारकै भूमिथानको ००० ३१.२५ बर्गमिटर जग्गा समेत निजिकरण गरि खेतिगर्ने जग्गा बनाएका छन ।
यसरी सरकारी जग्गा र सार्बजनिक जग्गामा स्थानिय हरुको आँखा गाडिन थाले पछि सम्बन्धित सरोकारवाला निकायाले चाँसो नदिदा केहि बर्षमै ति जग्गामा पक्कि घर निमार्ण समेत हुन सक्ने अबस्था रहेको छ एक त सरकारी जग्गामा घर टहरा निमार्ण गरेको कार्यालयले देखिरहेका बेला ति जग्गामा स्थानियले फोहोर फाल्ने स्थान बनाउदा कार्यालयका कर्मचारी समेत नाँक छोपेर दैनिक काम गर्नु पर्ने बाध्यता हुदा हुदै आफनो जग्गा स्थानियले कब्जा गर्न लाग्दा समेत प्रशासन लाई जानकारी कसैले जानकारी गराएमा छैनन प्रशाससन लाई जानकारी गराएमा सुरक्षाकर्मि लगाएर निमार्ण गरिएका टहरा हटाउन सकिने प्रमुख जिल्ला अधिकारी बल भद्र गिरी बताए ।

 अहिले जिल्ला वन कार्यालयका जग्गामा बनाएका टहरामा ब्यपार ब्यबसाय गर्ने कुनै पनि ब्यक्तिले टहरा धनि लाई मासिक ५ हजार देखि ८ हजार सम्मा भाडा बुजाउने गरेका छन भने प्राय आफैले ति टहरामा पसल संचालन गरेका छन । यदि आफै घर टहरा निमार्ण गरि यतिनै भाडा जिल्ला वनकार्यालयले लिने गरेको भएपनि कार्यालयको आन्तिरिक आम्दानिमा राम्रो हुने  वन कार्यालयका  एक कर्मचारी बताउछ ।



0 comments

बिचार लेख्नुहोस्..