सत्र हजार विद्यार्थीका लागि १३ हजार पुस्तक

मुगु न्युज डट कम-
 मुगु,११ फागुन,जिल्ला भरिका १ सय ३६ सरकारी विद्यालयमा १७ हजार विद्यार्थी अध्ययनरत भए पनि साझा प्रकाशनले यो वर्ष १३ हजार चार सय पुस्तक पठाएको छ ।
गत वर्ष जिल्लाका खत्याड र सोरु भेकका विद्यालयहरुले जिल्लामा पुगेको पाठ्य पुस्तक नलिएर बाजुराको कोल्टीबाट पुस्तक किने पछि पाँच लाख बराबरका पाठ्य पुस्तक अहिलेसम्म साझा प्रकाशनको सिजनल डिपो मुगुुमा मौजदात रहँदा यस पटक मुगुका लागि साझाले १३ हजार ४ सय थान पुस्तक पठाएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
गएको वर्षसम्म मुगुमा फागुन १ गते देखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको तथा समयमा नै पुस्तक जिल्लामा नपुग्दा विद्यार्थीले पाठ्य पुस्तक विना नै विद्यालयमा पठन पाठन गरिरहेका थिए । यो वर्ष देखि शैक्षिक सत्र बैशाखबाट सुरु हुने र पुस्तक पनि समयमा नै पुग्ने कार्यालयको भनाई छ । तर साझा प्रकाशनको क्षेत्रिय कार्यालय नेपालगञ्जले मुगुका लागि १३ हजार ४ सय थान पाठ्य पुस्तक पठाई सकेको बताए पनि अहिलेसम्म जिल्लामा पुस्तक पुग्न सकेको छैन । गत वर्ष समयमा नै पुस्तक नपुग्दा अधिकाँश विद्यालयका विद्यार्थीहरुले पाठ्य पुस्तक विना नै बार्षिक परिक्षा दिने भएका छन ।
 वार्षिक जिल्ला शिक्षा कार्यालयले पाठ्य पुस्तकका  लागि ३० देखि ३५ लाख विद्यालयलाई अनुदान दिने गरे पनि कतिपय विद्यालयले समयमा पाठ्य पुस्तक नपुगेको भन्दै रकम दुरुपयोग गर्ने गरेको स्थानीय अभिभावकको आरोप छ ।

0 comments

बिचार लेख्नुहोस्..