गोमा एयरद्धारा सहुलियत दरमा उडान सुरु

मुगु न्युज डट कम,
फागुन ११ मुगु----------
ताल्च विमान स्थलमा नेपालगञ्ज सुर्खेत देखि हवाई उडान गरिरहेको गोमा एयरको पिलाटस जहाँजले फागुन पहिलो हप्ता देखि सहुलियत दरमा उडान गरिरहेको ताल्च स्थित विमानको कार्यालयले जानकारी दिएको छ ।
विगतमा ताल्च विमान स्थलबाट नेपाल गञ्ज जाने हवाई यात्रुले भाडा महंगो भएको गुनासो गर्दै आएका थिए भने गोमाले हुम्लाबाट दोहोरो उडान गरेमा प्रति यात्रु ८ हजार बढि हवाई भाडा लिने गरेको थियो । यात्रुहरको गुनासोलाई मध्य नजर गर्दै अहिले हुम्लाबाट समेत दोहोरो उडान गर्दा नेपाल गञ्ज सुर्खेतका लागि पाँच हजार हवाई भाडा लिने गरेको गोमा एयरका कर्मचारी महेन्द्र भामले जानकारी दिए । ताल्चबाट नेपालगञ्ज सुर्खेतका लागि हवाई भाडा पाँच हजार छ भने नेपालगञ्ज सुर्खेतबाट मुगुका लागि ९ हजार ७ सय रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..