हिमपातका कारण चिसोले जनजीबन कष्टकर
मुगु न्युज डट कम,
फागुन १६ मुगु-----------
विहिबार साँझ देखि सुरु भएको हिमपात र वर्षाका कारण मुगुको जनजीबन प्रभावित भएको छ ।
सदरमुकाम गमगढीमा विहिबार देखि लगातार भएको वर्षाका कारण चिसो बढ्दा सरकारी तथा गैर सरकारी कार्यालयको दैनिक काम काज प्रभावित भएको छ भने शैक्षिक संस्थाहरुमा विद्यार्थीको उपस्थिती न्युन रहनुका साथै प्राय विद्यालय बन्द नै भएका छन । हिमपात र वर्षाका कारण ताल्च विमान स्थलमा विहिबार देखि नै हवाई सेवा अबरुद्ध भएको छ । चिसोका कारण सरकारी तथा गैर सरकारी कार्यालयमा सेवा ग्राहीको चहल पहल पनि कमै देखिएको छ भने गमगढी बजारमा पनि त्यस्तै देखिएको छ ।
रारा,ताल्च, रुगा,रोवा ,पिना,कार्कीवाडा, सेरी, खमाले,कालै उच्च हिमाली बस्तीमा हिमपात भएको छ भने करानका पाँच वटै गाविसमा विहिबार राती देखि नै हिमपात भए पछि जनजीबन कष्टकर भएको छ । हिमपातका कारण स्थानीयवासीहरुले पशु वस्तु गोठबाट बाहिर निकाल्न सकेका छैनन भने मान्छे पनि घर भित्रै बस्न बाध्य भएका छन ।
0 comments
बिचार लेख्नुहोस्..