सरकारी कार्यालयहरु फोहोरको डम्पीङमा परिणत हुदैँ
२०७० फाल्गुन १७,
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा वातावरणीय सरसफाईमा त्यति ध्यान पुगेको देखिदैन । चाहे त्यो सरकारी कार्यालय होस् वा बजारका मानिस ? सडकका चारै तिर वरपर दिशा पिसाव फ्याँकिएको र केहि कार्यालयहरु फोहोर जम्मा गर्ने खुल्ला स्थालको रुपमा प्रयोग गर्ने गरेको पाईएको छ ।
जसअनुसार सार्वजनिक कार्यालयहरु मानवीय हिसावले सही उपयोग हुन नसकेको देखिन्छ । यस्ता फोहोर कार्यालयहरुमा जिल्ला वन कार्यालय, जिल्ला पशु सेवा कार्यालय , जिल्ला अस्पताल , खाद्य संस्थान र महाकाली उच्च मा.वि. रहेका छन । पर्यटकीय हिसावले महत्वपुर्ण स्थान राख्ने नेपालको सबैभन्दा ठुलो ताल राराको छेउमा यस्ता कार्यालयहरु हुनाले बाहिरबाट आउने पर्यटकका लागि सकरात्मक प्रभाव पर्न सकेको छैन । आसा छ यसको ब्यवस्थापनमा सम्बन्धित निकाय र प्रशासन कार्यालय , जि.वि.स. , गा.वि.स. ,खानेपानी र सडक विभागले बेलैमा ध्यान दिन आवश्यक छ ।
0 comments
बिचार लेख्नुहोस्..