शुक्रवार देखि जिविसको विषयगत बैठक सुरु
मुगु न्युज डट कम,
फागुन १६ मुगु--------
जिल्ला विकास समिति मुगुको सातौ जिल्ला परिषद फागुन २७ गते सम्पन्न गर्ने गरि शुक्रबार देखि विषयगत समितिहरुको बैठक सुरु भएको छ ।
जिल्ला परिषद हुनु अगावै हुने एकिकृत योजना तर्जुमा गोष्ठीमा पेश गर्ने गरि सरकारी तथा गैर सरकारी निकायले आर्थिक वर्ष २०७१ ।२०७२ का लागि प्रस्ताव गरेको कार्यक्रम तथा योजनाहरुको प्राथामिकीकरण गर्ने , ईलाका स्तरबाट आएका योजनालाई छनौठ गर्ने गरि विषयगत समितिहरुको बैठक सुर भएको हो ।
पछिल्लो समयमा स्थानीय निकाय लामो समय देखि रिक्त रहेकाले आर्थिक विकास, सामाजिक तथा जनसंख्या, वन तथा वातावरण, संस्थागत स्रोत तथा क्षमता विकास र भौतिक पुर्वाधार विकास गरि पाँचवटा समितिमा विषयगत कार्यालय संयोजक रहेका छन ।
ईलाका परिषद र विषयगत कार्यालयबाट आएका योजना तथा कार्यक्रमहरुलाई प्राथामिकताका आधारमा छैनौठ गर्नु पर्ने ,योजनाको आवश्यकता निर्धारण र कम लगानीमा बढी उपलब्धी आउने खालका योजना छनौठ गरिने स्थानीय विकास अधिकारी भरत गौतमले जानकारी दिए ।
0 comments
बिचार लेख्नुहोस्..