पारिश्रमिक नपाएको भन्दै विद्यालयमा तालाबन्दि


मुगु न्युज डट कम,
फागुन १३ मुगु------------
सदरमुकाम नजिक रहेको रोवा गाविस स्थित प्रभात उच्च माध्यामिक विद्यालयमा कार्यारत शिक्षकहरुले आफुहरुले पारिश्रमिक नपाएको भन्दै मंगलवार विद्यालयमा तालाबन्दि गरेका छन ।
विद्यालयको ११ र १२ कक्षामा पढाउने शिक्षकहरुले विद्यालयले पारिश्रमिक नदिएको भन्दै विद्यालयमा ताला लगाएको स्थानीयवासीहरुले जानकारी दिए । शिक्षकहरुले तलब नपाएको भन्दै तालाबन्दि गरिएको स्थानीयवासीले जानकारी दिए पनि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले कुनै प्रतिक्रिया दिएको छैन । विद्यालयमा विद्यालयको सामाजिक लेखा परिक्षण सुरु भए देखि नै विवाद उत्पन्न भएको समाचार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विद्यालयले अहिलेसम्म विद्यालय व्यवस्थापन समिति गठन गरेको छैन भने जिल्ला शिक्षा कार्यालय मुगुले विद्यालयका लागि कम्प्युटर खरिदका लागि १ लाख चालिस हजार रकम दिए पनि यो भन्दा अगाडी उच्च माविका शिक्षकलाई तलब दिईएको पाईएको छ । त्यस्तै विद्यालयले विज्ञान प्रयोगशालाका लागि चार लाख बराबरका उपकरण खरिद गरेको भए पनि कुनै विल भरपाई भने नभएको सामाजिक लेखा परिक्षणले देखाएको छ । लेखा परिक्षण समितिले प्रतिवेदन सार्वजनिक गरे पछि भौचर नम्बर ११ र भौचर नम्बर २ वाट अलग अलग गरि एक एक लाख रकम गएको देखिए पनि कहाँ कसरी खर्च गरिएको भन्ने नखुले पछि विद्यालयमा विवाद बढेको हो ।

0 comments

बिचार लेख्नुहोस्..