एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न
मुगु न्युज डट कम-
फागुन १४ मुगु,
सहयोगि हातहरुको समुह साहस नेपाल मुगुले आगामी आर्थिक वर्ष २०७१ । ७२ को लागि प्रस्तावित कार्यक्रम र योजनाका लागि बुधवार एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
सन २०१० देखि मुगु जिल्लाका कालै, जिमा, किम्री, पुलु र माँग्री गाविसमा खाद्य सुरक्षा तथा जिविकोपार्जन सशक्तिकरण परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले पुर्वाधार विकास, आय आर्जन, स्वास्थ्य, शिक्षा र सामाजिक सशक्तिकरणमा सन २०१३ मा ५६ लाख ७८ हजार ८ सय ९६ रुपैयाँ खर्च गरेको जनाएको छ । कार्यक्रमबाट पाँच गाविसका १७५४ घरधुरी प्रत्यक्ष लाभान्वित भए पनि भौगोलिक विकटता र यातायातको समस्याका कारण उपभोक्ताले चाहे जस्तो उपलब्धी हात पार्न नसकेको परियोजनाले जनाएको छ ।
परियोजनाले आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्फ ४६ लाख ३१ हजार १ सय २० रुपैयाँ प्रस्ताव गरेको छ । गाविसमा गठन गरिएका सामुदायिक समुहहरुको संसथागत विकास,राजनैतिक सन्दर्भ तथा विकासमा प्रभाव विश्लेषण, खाद्य सुरक्षा, स्वास्थ्य,शिक्षा, लघु उद्योग लगायतका क्षेत्रमा रकम खर्च गरिने छ ।
0 comments
बिचार लेख्नुहोस्..