पत्रकार महासंघको अधिवेशन सम्पन्न गर्न विभिन्न उप समिति गठन

मुगु न्युज डट कम----

फागुन ७ मुगु---

नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला अधिबेशन सम्पन्न गर्न नेपाल पत्रकार महासंघ मुगु शाखाले बुधवार विभिन्न उप समिति गठन गरेको छ ।

आगामी फागुन २८ गते हुने शाखाको जिल्ला अधिवेशन सम्पन्न गर्न शाखा अध्यक्ष राजबहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय अधिवेशन मुल तयारी समिति गठन भएको छ भने दानबहादुर बुढाको संयोजककत्वमा पाँच सदस्यीय आर्थिैक व्यवस्थापन उप समिति गठन गरिएको छ ।

बुधबार बसेको संघको बैठकले भिम तिरुवाको संयोजकत्वमा सात सदस्यीय प्रचार प्रसार उप समिति गठन गरेको छ । बैठकलेचार  गत हप्ता काठमाण्डौ देखि जुम्ला तर्फ आउने क्रममा विमान दुर्घटनामा परि ज्यान गुमाएकी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका पुर्व केन्द्रीय सदस्य गौरी कठायत प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै शोक विज्ञप्ती प्रकाशित गर्ने समेत निर्णय गरेको छ ।

0 comments

बिचार लेख्नुहोस्..