रेखा थापामाथि राजेश हमाल बाधक !
कान्तिपुर बर्ष व्यक्तिमा पर्न अभिनेत्री रेखा थापाले फ्ल्यास ब्याकको
रहस्य खोलेकी छिन् । राजेश हमालले पहिलो फिल्म ‘हिरो’ मा निकाल्न खोजेको
रहस्य रेखाले बताएकी छिन् ।
कान्तिपुरसँगको विशेष कुराकानीमा रेखाले
भनेकी छिन्, ‘निर्देशक नरेश पौड्याल र निर्माता छवि ओझाले मलाई मन पराए तर
बाधक बने राजेश हमाल ।’ रेखाले भनेकी छिन्, ‘सानी भएँ भनेर राजेश दाईले त
मलाई फिल्मबाटै पो निकाल्न खोज्नुभयो ।’ यसको जवाफमा आफुले ‘अकाल’ फिल्ममा
बुढो हिरोसँग फिल्म खेल्दिन’ भनिदिएको रेखाको जवाफ छ ।
पहिलो फिल्म ‘हिरो’ सफल भएपछि राजेश र
रेखाले दर्जन बढी फिल्म सँगै अभिनय गरेपनि ‘अकाल’ पछि भने उनीहरुको जोडी
दोहोरिएको छैन । सम्पूर्ण काम सकिएपनि राजेश र रेखाको जोडी जमेको फिल्म
'अकाल' रिलिज हुन सकेको छैन । निर्देशक नीर शाहले वितरकलाई सम्पूर्ण
जिम्मा दिएकाले रिलिजको बारेमा खासै ज्ञान नभएको बताए । यो फिल्मलाई मनोज
राठी र उज्जवल पौडेलको समूहले रिलिज गर्नेछ ।
निर्देशक श्याम भट्टराईको निर्देशनमा
यही फागुन १५ गतेदेखि फिल्म ‘हिम्मतवाली’को छायाँकन प्रारम्भ गर्न लागेकी
अभिनेत्री रेखा थापालाई बधाई ! कान्तिपुर राष्ट्रिय दैनिकले आफ्नो २१
बर्षिकोत्सवको अवसरमा प्रकाशित गरेको वर्षका दशमा फिल्म क्षेत्रबाट
अभिनेत्री रेखा थापा पर्न सफल भएकी छिन् ।
अभिनेत्री रेखासँगै राजनीतिबाट गगन
थापा, उद्द्योग/ व्यावसायी चन्द्र ढकाल, पेशाकर्मी डा.गोविन्द केसी,
प्रशासन/ सुरक्षा/ न्याय/ कुटनीति/ संवैधानिक अंगबाट लोकमानसिंह कार्की,
लेखक झमक घिमिरे, कलातर्फ हरिवंश आचार्य, फुटबल खेलाडी पारस खड्का, समाज
सेवातर्फ डा. गोविन्द केसी र विज्ञान, सुचना तथा प्रविधिमा महाविर पुन
कान्तिपुरको वर्ष दश भित्र पर्न सफल भएका छन् ।
फिल्मीखबर, साभार गरिएको
0 comments
बिचार लेख्नुहोस्..