प्रजातन्त्र दिवशका अवसरमा अन्तरक्रिया सम्पन्न
मुगु न्युज डट कम---
फागुन ७ मुगु--
६४ औ सहिद दिवशका अवसरमा जिल्लामा सरकारी निकायबाट प्रजातन्त्र दिवसका अवसरमा कुनै कार्यक्रम आयोजना नगरे पनि नेपाली काँग्रेस मुगुले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहुती दिने सहिदहरुको सम्झनामा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कार्य वाहक सभापति पदमबहादुर रावलले देशमा प्रजातन्त्र स्थापनाका लागि सहिदहरुले वलिदान दिए पनि अहिले सहिदको अपमान भईरहेको बताए । सहिद दिवसका दिन मात्र सहिदको सम्झना गर्ने तथा सहिदले बोकेका सपनाको वेवास्ता गर्दा वर्तमान अवस्थामा प्रजातन्त्र , लोकतन्त्र ,गणतन्त्र खतरामा परेको र राजनीतिक दलहरु सत्ता र कुर्सीकै खेलमा अलमलिएको रावलले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति राजबहादुर शाहीले देशमा नर्या संविधान, शान्ति स्थापना तथा राजनीतिक स्थिरता कायम भई प्रेस स्वतन्त्रताको सुनिश्चितता भए मात्र देशका लागि जिवन आहुति दिने सहिदको सम्मान हुने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन मुगुका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..