एसएलसीका अतिरिक्त कक्षाका लागि रकम असुल्दै सरकारी विद्यालयहरु


मुगु न्युज डट कम ,
माघ २२ मुगु-----------
जिल्लामा रहेका २१ वटा सरकारी माध्यामिक विद्यालयहरुले २०७० को प्रवेशिका एसएलसी परिक्षामा सहभागि हुने परिक्षार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भन्दै रकम असुल गरिरहेको पाईएको छ ।
 एसएलसी परिक्षामा उर्तिण गराउन विद्यालयहरुले यस पटक एसएलसी परिक्षामा सहभागि हुने परिक्षार्थीहरुका लागि विहान बेलुकि अँग्रेजी, गणित र विज्ञान विषयलाई लक्ष्यीत गर्दै अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन । कतिपय विद्यालयले प्रति विषय प्रति विद्यार्थी पाँच सयका दरले रकम असुल गरिरहेका छन भने कतिपय विद्यालयले तिनवटा विषयका लागि एकमुष्ठ १ हजार रुपैयाँ लिने गरेका छन । जिल्ला शिक्षा कार्यालय मुगुले यस वर्षको एसएलसी परिक्षामा सहभागि हुने विद्यार्थीहरुका लागि सम्बन्धित विद्यालयलाई अनिवार्य अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन दिईसकेको छ भने त्यसका लागि आवश्यक पर्ने खर्च प्रति विद्यार्थी पाँच सयका दरले उपलब्ध गराउने बताएको छ । तर कतिपय विद्यालयहरुले गाउँमा अभिभावक र विद्यार्थीहरुलाई निशुल्क रुपमा अतिरिक्त कक्षा सञ्चालन गरेको बताएका छन भने कतिपयले एक विषयको पाँच सय देखि माथि रकम उठाएका छन ।
खत्याड भेक, सोरु भेकमा रहेका माध्यामिक विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयले अतिरिक्त कक्षाका लागि रकम दिएको भए पनि त्यसको कुनै जानकारी नगराई उल्टै विद्यार्थीबाट रकम असुल गरिरहेका छन । सोरुको जनज्योती उच्च माध्यामिक विद्यालयले एसएलसी परिक्षालाई मध्य नजर गर्दै निशुल्क रुपमा अतिरिक्त कक्षा सञ्चालन गरेको बताएको छ भने खत्याडको रातापानीमा रहेको उच्च माध्यामिक विद्यालयले अतिरिक्त कक्षाका लागि प्रति विद्यार्थी पाँच सय मागेको छ । आफ्नो छोरीले यस पटक एसएलसी परिक्षा दिने र त्यसका लागी विद्यालयले सञ्चालन गरिरहेको अतिरिक्त कक्षामा पढे पछि विद्यालयले पाँच सय शुल्क लिएको स्थानीयवासी दानबहादुर रावतले बताए ।
यस पटकको एसएलसी परिक्षामा मुगुबाट नियमित तर्फ छात्र ६ सय १९ , छात्रा ३ सय ८४ गरि एक हजार ३ जना तथा एक्जाम्टेड तर्फ छात्र १ सय ९३ र छात्रा १ सय १७ गरि जम्मा १ हजार ३ सय १३ जना परिक्षार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । नियमित तर्फ एसएलसीमा सहभागि हुने परिक्षार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न कार्यालयले एसएलसी सहयोग कार्यक्रम अन्र्तगत एक हजार ३ जना नियमित विद्यार्थीका लागि पाँच लाख एक हजार पाँच सय रकम सम्बन्धित विद्यालयमा दिने बताएको छ भने अतिरिक्त कक्षा सञ्चालनका लागि एक महिना अघि नै २२ वटै सरकारी माध्यामिक विद्यालयलाई परिपत्र गरिसकेको कार्यालयले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..