अरुलाई अरु चिन्ता घर ज्वाईलाई खानको चिन्ता
मुगु न्युज डट कम----
फागुन ७ मुगु------------
नेपालीमा एउटा उखान छ – अरुलाई अरु चिन्ता घर ज्वाईलाई खानको चिन्ता भने जस्तै मुगुका राजनीतिक दलहरुलाई जहाँ पनि भाषण गर्नकै चिन्ता छ । अन्य जिल्लाका ‘राजनीतिक दलका नेताहरु बेलीमा भन्दा व्यवहारमा विश्वास गर्छन र भाषण गर्नु भन्दा सामाजिक सेवा, विकास र जनताका समस्यामा केन्द्रीत हुन्छन ।
प्रसंग अग्नि पिडीत परिवारहरुलाई राहत वितरण कार्यक्रमको हो । गएको विहिवार राती र शनिवार राती जिल्लाका विभिन्न स्थानमा हस्तान्तरण गर्न आयोजित कार्यक्रममा त्यस्तै देखिएको हो । मुगु उद्योग बाणिज्य संघको अगुवाईमा संकलन भएको राहत हस्तान्तरण गर्न ब’धबार आयोजना गरिएको कार्यक्रममा समय अभाव तथा पिडीतका पिडा कम कम गर्ने भएकाले मन्तव्य नराख्ने सहभागिको धारणा अनुसार प्रमुख अतिथी जिल्ला दैवी प्रकोप उद्धार कोषका संयोजक बलभद्र गिरी र सभाध्यक्षको मात्र भनाई राख्ने कार्यक्रम रहेको थियो । तर राजनीतिक दलका नेताले आफुहरुलाई बायस गर्न खोजिएको भन्दै विवाद गर्न खोजिएको भन्दै विवाद गरे ।
अग्नि पिडीतका लागि राहत जुटाउन उद्योग बाणिज्य संघले पहल गरे पनि दलहरुका तर्फबाट पहल हुन सकेन । जिल्लामा गाउँमा सामान्य कुटपिट हुँदा आ आफ्नो पक्ष र विपक्ष भन्दै प्रहरी र प्रशासनमा धर्ना दिन जाने दलका नेताहरु सामान्य राहत वितरण कार्यक्रममा भाषण गर्न पाउनु पर्छ भन्ने विवाद गर्छन । सानो देखि ठुलो कार्यक्रम , अनौपचारिक देखि औपचारिक कार्यक्रममा अनिवार्य रुपमा दलका नेताहरुलाई भाषण गर्न दिनु पर्ने हुन्छ नतर त्यस्तो कार्यक्रम खल्लो महशुस गर्ने नेताहरुलाई आफ्ना कार्यकर्तालाई उपभोक्ता समिति , आफुलाई विकास निर्माणको ठेक्का, मोज र मस्तिमा व्यस्त रहँदा सर्व साधरणको छाकवासमा प्रभाव पर्दा खल्लो लाग्नुको सट्टा आनन्द लाग्छ । सर्व साधरण जनताको धारो , बाटो घाटो , पुल पुलेसा, विद्यालय भत्कियोस र पुर्न निर्माणको जिम्मा आफुलाई परोस भन्ने रातदिन सपना देखि रहने राजनितिज्ञले जनताको हित हुने खालका कार्य कसरी गर्न सक्लान ।
0 comments
बिचार लेख्नुहोस्..