राजनीतिक दलहरुद्धारा जिविसको बैठक बहिष्कार

मुगु न्युज डट कम,
माघ २७ मुगु--------
जिल्लामा रहेका नेपाली काँग्रेस, एमाले, एकिकृत माओवादी, राष्टिय प्रजातन्त्र पाटी , नेकपा माओवादी लगायतका एक दर्जन राजनीतिक दलहरुले सोमवार जिल्ला विकास समिति मुगुले आयोजना गरेको सर्व पक्षिय बैठक बहिष्कार गरेका छन ।
ग्रामीण पहुँच कार्यक्रम ( ¥याप ) अन्र्तगत सदरमुकाम गमगढी देखि धैनकोट रिगासम्मको सडक निर्माणका विषयमा जिविसले आयोजना गरेको बैठकमा पुगेका दलहरुले जिविसका स्थानीय विकास अधिकारी भरत गौतम मंसिरको तेस्रो साताबाट जिल्ला बाहिर रहँदा जिल्लाका विकास निर्माणका कार्यहरु रोकिएका भन्दै स्थानीय विकास अधिकार उपस्थित नहुँदासम्म जिविसले आयोजना गर्ने कुनै पनि बैंठकमा नबस्ने भन्दै बहिष्कार गरेको नेकपा एमालेका सचिव जितबहादुर मल्लले जानकारी दिए ।
जिल्ला सडक सञ्जाल समन्वय समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी गौतम लगायत लेखापाल , योजना अधिकृत ,ईन्जिनियर लगायतका कर्मचारीहरु लामो समय देखि जिल्ला बाहिर रहँदा जिल्लामा रहेका विकास निर्माणका गतिविधिमा अवरोध पुगेको भन्दै बैठक बहिष्कार गर्नु परेको दलहरुले जनाएकाछन । जिल्ला विकास समितिको आधिकारिक व्यक्ति स्थानीय विकास अधिकारी रहेको तथा आधिकारिक व्यक्ति नभएको बैठकको औचित्य नहुने भएकाले बैठक स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..