छ महिना अघि वेपत्ता भएकाको अस्थिपञ्जर भेटियो


पुष्प शाही ,
मुगु न्युज डट कम,
माघ २० डोल्पा--
डोल्पा जिल्लाको माथिल्लो डोल्पामा पर्ने साल्दाङ गाविस वडा नम्बर १ निवासी ४३ वर्षीय टासी छेबाङ गुरुङको वेपता भएको छ महिना पछि अस्थिपञ्जर भेटिएको छ ।
गएको भदौ ११ गते चौरी किन्न सोही गाविसको रापा निजाल गाउँमा जाने क्रममा बिच बाटोबाट नै वेपत्ता भएको र छ महिना पछि आईतवार गुरुङको अस्थिपञ्जर फेला परेको उनका परिवारजनले जानकारी दिएका छन । सदरमुकाम दुनैबाट पैदल पाँच दिन टाढा पर्ने निजाल गाउँबाट गुरुङको अस्थिपञ्जर हेलिकप्टरबाट सोमवार पोष्ट मार्टमका लागि सदरमुकाम दुनै स्थित जिल्ला अस्पतालमा ल्याईएको छ ।
 गुरुङलाई वेपता बनाउने घटनामा संम्लग्न रहेको आरोपमा सोही गाउँका तिन जनालाई भदौ २४ गते नै पक्राउ गरि थप अनुसन्धानका लागि कारगारमा राखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ  । गुरुङ हराए देखि खोजी कार्य नभए पनि छ महिना पछि घाँस दाउरा ल्याउन जंगल गएका स्थानीयवासीले अस्थिपञ्जर देखे पछि परिवारले गुरुङको पहिचान गरेको बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..