स्थानीय प्रशासनद्धारा बजार अनुगमन, साल्ट ट्रेडिङ को नुन विक्रीमा
मुगु न्युज डट कम,
फागुन २६ मुगु-------------
जिल्ला प्रशासन कार्यालय मुगुले सोमबार गमगढी बजारमा छड्के अनुगमन सम्पन्न गरेको छ ।
गमगढी बजारका दोकान पसलमा दैनिक उपभोग्य बस्तुको अनुगमन गर्दा अधिकाँश पसलमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नागरिकलाई अनुदानमा उपलब्ध गराउदै आएको नुन विक्रिका लागि राखिएको पाईएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । कतिपय पसल र दोकानमा मुल्य सुचि नराखिएको , कतिपय पसल दर्ता विना नै सञ्चालन गरिएको पाईएको अनुगमनमा संलग्न मुगु उद्योग बाणिज्य संघका अध्यक्ष नरविर रावतले बताए ।
ग्रामीण क्षेत्रका स्थानीयवासीले आयोडिन युक्त नुनको अभाव झेलिरहेको अवस्थामा सदरमुकामका दोकान पसलमा नुन बेच्न राखिएको पाईएकाले यसलाई कडा निगरानीमा राखिएको तथा पछिल्ला दिनमा पनि यस्तै पाईएमा कडा कारवाही गरिने अनुगमन समितिले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी ९ रुपैयाँमा नुन लिएर बजारमा ५० रुपैया देखि एक सय रुपैयाँसम्म विक्र हुँदै आएको छ भने गाउँघरका स्थानीयवासी ढिके नुन खान बाध्य छन । टाठाबाठाले राजनितिक दलको सिफारिस, गाविसको सिफरिसमा नुन लिए पनि गाउँमा नुन नलिएर सदरमुकाममा नै बेच्ने गरेका छन ।
नेपाल सरकार बाणिज्य विभाग तथा आन्तरिक राजश्व कार्यालयको नियम अनुसार दैनिक उपभोग्य वस्तुसंग मदिरा राखेर बेच्न नपाईने कानुनी व्यवस्था भए पनि गमगढीका प्राय दोकान पसलमा सुन देखि नुनसम्म एकै ठाउँमा विक्रिका लागि राख्ने गरेको पाईएको छ । एकै ठाउँमा तरकारी,चामल , मैदा , जुस, चिउरा लत्ता कपडा , कापी कलम, चुरोट खैनी तथा मदिरा बेच्ने गरिएको छ । धेरै पटक बजार अनुगमन गरि यस्तो परम्परा अन्त्य गर्न खोजिए पनि न्युनिकरणसम्म हुन सकेको छैन ।

1 comments
बिचार लेख्नुहोस्..
March 10, 2014 at 10:24 AM
Nepal Khadya Sasthan lai kadaika saath ma kaarbahima rakhnu parchha,, kasari bazarko sauji harule payo sahuliyeta ko nun haru