स्वास्थ्य सुधारका लागि तिन वर्षे लगानी योजना निर्माण

मुगु न्युज डट कम-
फागुन २४ मुगु---------
जिल्लाको समग्र स्वास्थ्य अवस्था सुधारका लागि २१ गतेबाट सुरु भएको तथ्याकं प्रस्तुती, अवरोध विष्लेषण तथा योजना निर्माण सम्बन्धि चार दिने जिल्ला स्तरिय कार्यशालाले तिन वर्षे लगानी योजना निर्माण गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुको आयोजना, संयुक्त राष्ट संघीय बाल कोष युनिसेफको सहयोगमा शनिवार सम्पन्न भएको कार्यशालाले जिल्लाको समग्र स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि याजना निर्माण गरेको हो । लगानी योजनामा मातृ शिशु सुरक्षा कार्यक्रम , महिला स्वास्थ्य स्वयम सेविकाको क्षमता वृद्धि, दक्ष प्रसुति स्वास्थ्यकर्मिको व्यवस्था, सुविधा सम्पन्न प्रसुतिगृह निर्माण खोपमा पुर्णता, कुपोषणको न्युनिकरण, जिल्ला अस्पतालमा शल्यक्रिया सहितको प्रसुति सेवा लगायतका क्षेत्रमा आगामी तिन वर्ष भित्र शतप्रतिशत उपलब्धी हाँसिल गर्ने गरि लगानी योजना निर्माण भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख रोशनलाल चौधरीले जानकारी दिए ।
 शनिवार सकिएको कार्यशालामा सहभागि स्वास्थ्यकर्मिले कार्य क्षेत्रमा बसेर काम गर्न सक्ने बातावरण निर्माण ,सेवा सुविधामा , र स्वास्थ्यकर्मिलाई प्रोत्साहन दिनु पर्ने बताए । अहिले जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम बाहिरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिलाई काजमा सददरमुकाम तिर राखेकाले ग्रामीण क्षेत्रका स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित भएकाले तत्काल काज फिर्ता गर्नु पर्ने जिल्लाका स्थानीय राजनीतिक दलहरुले बताए । यसरी काज फिर्ता गर्दा कहि कतैबाट अबरोध तथा समस्या आए त्यसको समाधान गर्न राजनीतिक दल प्रतिबद्ध रहेका तथा निर्माण गरिएको लगानी योजना कार्यान्वयनका लागि पनि प्रतिबद्ध रहेको नेकपा एमालेका कार्यवाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए । विषेश गरि बालबालिका र महिला स्वास्थ्यको अवस्था सुधारका लागि निर्माण गरिएको कार्ययोजना विभिन्न १२ वटा सुचकमा केन्द्रीत रहि देखिएका अवरोधको पहिचानका आधारमा तयार पारिएको कार्यालयले जनाएको छ । शनिवार तयार गरिएको लगानी योजनालाई आगामी २७ गते हुने जिल्ला विकास समितिको सातौ जिल्ला परिषदबाट अनुमोदन गरिने छ ।

,

0 comments

बिचार लेख्नुहोस्..