चार सय किलोवाट क्षमताको विद्युत गृहबाट डेढ सय किलो वाट उत्पादन
सुमन मल्ल--------
--------------
चैत्र ५ मुगु------------
सदरमुकाम गमगढी आसपासका श्रीनगर ,कार्कीवाडा,पिना, रोवा र रुगा गाविसलाई लक्ष्यीत गरि निर्माण गरिएको नेपाल विद्युत प्राधिकरण अन्र्तगत गमगाढ साना जल विद्युत आयोजनाको उत्पादन क्षमता चार सय किलो वाट रहे पनि अहिले १ सय ५० किलोवाट मात्र विद्युत उत्पादन भईरहेको छ ।
आर्थिक वर्ष २०५७ । ०५८ सालबाट निर्माण कार्य सुरु भएको आयोजना निर्माण हुन एक दशक लामो समय लागेको तथा आयोजनाका लागि चिनको हुनान प्रान्तबाट ल्याईएका विद्युतिय उपकरण लामो समय देखि खुला आकास मुनि रहँदा उपकरणमा खिया लाग्नुका साथै अन्य समस्या आएकाले उत्पादन हुनु पर्ने विद्युत उत्पादन हुन नसकेको नेपाल विद्युत प्राधिकरणको गमगाढ वितरण केन्द्र मुगुले जनाएको छ ।
आयोजनाको विद्युत उत्पादन गृहमा राखिएका दुई दुई सय किलोवाट विद्युत उत्पादन क्षमता रहेका उपकरण मध्य एउटा विग्रिएर थन्किएको छ भने अर्कोबाट एक सय साठी किलो वाट विद्युत मात्र उत्पादन हुने गरेको छ । अहिले गमगाढबाट उत्पादन भईरहेको विद्युत सदरमुकाम गमगढी, श्रीनगर,कार्कीवाडा ,पिना र रुगा गाविसका केहि वस्तिमा लाईन विस्तार गरिएको भए पनि व्यवसाय सञ्चालनका लागि स्थापना गरिएका दर्जनौ कुटानी पिसानी मिल, फनिर्चर उद्योग, स्याउ तथा जडिबुटी प्रशोधन केन्द्र, सिलाई कटाई उद्योग सञ्चालनमा आउन सकेका छैनन । यस्ता उद्योगहरु जिल्लामा पाँच सयको हाराहारीमा दर्ता गरिएका भए पनि मुश्किलले एक दर्जन साना उद्योगहरुमात्र सञ्चालनमा छन ।
एकातिर विद्युत उत्पादनगृहमा राखिएका दुई दुई सय किलोवाट विद्युत उत्पादन क्षमता रहेका उपकरण मध्य एउटा विग्रिएको छ भने अर्कोले क्षमता भन्दा कम विद्युत उत्पादन गरिरहेको अवस्थामा आयोजनाका लागि दक्ष प्राविधिकको समेत समस्या देखिएको छ । विद्युतगृहमा कुनै समस्या आउदा कार्यालय सहयोगि र तल्लो स्तरका कर्मचारीले जानी नजानी समस्या समाधान गर्ने गरिरहेका छन । आयोजनाका लागि टेक्निकल ईन्जिनियर आवश्यक रहे पनि कसैले यस तर्फ ध्यान नदिएको एक कर्मचारीले बताए । अहिले आयोजनामा रहेका पाँच जना सहायक स्तरका कर्मचारीले विद्युत गृह, गमगढी स्थित महशुल काउन्टर तथा विद्युत विस्तार गरिएका स्थानमा आउने समस्या हेर्न भ्याई नभ्याई भईरहेको छ भने आयोजनाको बालै स्थित कार्यालय बन्द रहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..