परिक्षामा झडप हुँदा दुई घाईते


मुगु न्युज डट कम,
चैत्र ६ मुगु-------------
विहिवारबाट सुरु भएको यसपालीको एसएलसी प्रवेशिका परिक्षामा चिट चोराउन खोज्ने अभिभावक र प्रहरीबीच झडप हुँदा दुई जना घाईते भएका छन ।
जिल्ला भरि रहेका सात वटा परिक्षा केन्द्र मध्य सदरमुकाममा रहेको महाकाली नमुना उच्च माध्यामिक विद्यालयमा रहेको परिक्षा केन्द्रमा चिट चोराउन गएका अभिभावकलाई प्रहरीले रोक्न खोज्दा भएको ढुंगा हानाहानमा परिक्षा स्थलमा खटिएका प्रहरी सहायक निरिक्षक कुमार केसीको हातमा चोट लागेको छ भने परिक्षा कोठा भित्र रहेका परिक्षार्थी प्रेमसिंह बुढालाई समेत चोट लागेको छ । बाहिरबाट हानेको ढुंगा झयालबाट भित्र छिर्दा परिक्षर्थी बुढालाई चोट लागेको प्रहरीले जनाएको छ ।
परिक्षा सुरु भएको १५ मिनेट नवित्दै प्रश्न बाहिरिए पछि परिक्षा सुरु भएको केहि समय भित्रै चिट चोराउने अभिभाकले परिक्षा केन्द्र वरिपोरी घेरे पछि हो हल्ला समेत भएको थियो ।
सदरमुकाम गमगढीमा रहेको परिक्षा केन्द्र अशान्त रहे पनि अन्य ६ वटा केन्द्रमा परिक्षा शानितपुर्ण रुपमा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..