एसएलसी परिक्षाका लागि डेढ सय जनशक्ति


मुगु न्युज डट कम,
फागुन ५ मुगु-------------
चैत्र ६ गते विहिवारबाट सुरु हुने यस पालीको एसएलसी प्रवेशिका परिक्षा केन्द्रका लागि जिल्ला भरि रहेका सातवटा परिक्षा केन्द्रमा डेढ सय जनशक्ति खटाईएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
जिल्ला भरिमा रहेका २१ वटा सरकारी, २ वटा संस्थागत र एउटा खुल्ला विद्यालय गरि २४ वटा माध्यामिक विद्यालयबाट एसएलसी परिक्षामा सहभागि हुने परिक्षार्थीका लागि सातवटा परिक्षा केन्द्र तोकिएको तथा त्यसको व्यवस्थापनका लागि ७ जना केन्द्राध्यक्ष,७ जना सहायक केन्द्राध्यक्ष, ५० जना निरिक्षक, १७ जना परचर र ६० जना सुरक्षाकर्मी गरि १ सय ५० जनशक्ति परिचालन गरिएको जिल्ला शिक्षा कार्यालय मुगुका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले जानकारी दिए ।
परिक्षालाई मर्यादित र व्यवस्थित वनाउन कार्यालयले परिक्षा समन्वय समिति, विद्यालय निरिक्षक तथा स्रोत व्यक्तिको अगुवाईमा सात वटा परिक्षा केन्द्रमा अनुगमन टोली समेत परिचालन गरिने जनाएको छ । यसपालीको एसएलसीमा जिल्लाबाट नियमित तर्फ छात्र ६ सय १९, छात्रा ३८४ र एक्जाम्टेड तर्फ छात्र १ सय १७ र छात्रा ३ सय ११ जना सहभागि हुने भएका छन ।

,

0 comments

बिचार लेख्नुहोस्..