जलवायु अनुकुलन कार्यक्रमका लागी संस्था छनोटमा दलिय भागवन्डा,
मुगु न्युज डट कम------------
चैत्र १ मुगु-------
जिविस मुगु अन्तर्रगत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) संचालनका लागी जिविस मुगुले स्थानिय कार्ययोजना कार्यन्यनका लागी गैर सरकारी संस्थाहरुलाई आशय पत्र माग गरे पनि सो आशयपत्रको सही मुल्याङकन नगरी दलहरुको मिलोमतोमा आवश्यक योग्यता नपुगेका गैर सरकारी संस्थालाई सुचिकृत गरी दलिय भाग वण्डा गरेएको छ ।
दलिय भाग बन्डामा काँग्रेसबाट जनकल्याण गा्रमिण विकास केन्द्र र पुन निमार्ण तथा अनुसन्धान विकास केन्द्र,एमालेबाट मालीका सामुदायीक विकास केन्द्र र गा्रमिण सामुदायिक विकास केन्द्र,र माओवादीबाट जनसमुदाय सेवा केन्दलाई छनौठ गरिएको छ ।
सो्रतका अनुसार पहिलो चोटी जिल्लामा नेताहरु थिएनन् , यसरी संस्था छनौठ गर्दा राजनीतीक दलहरुबाट सास्ती व्यहोर्नु पर्ने अवस्था आउन सक्ने तथा दलहरुको चित्त बुझाउन पनि पुनं सुचना आव्हान गरिएको हो स्रोतले भन्यो ।
यो चोटी जिल्ला विकास समिती मुगुको सातौ जिल्ला परिषदसंगै परेकाले सवै दलका नेता जिल्लामा झरेका र दलहरुको दवावका कारण अघिल्लो चाटी सफल अंक प्राप्त गरेको सस्था योग्य हुँदा हुँदै पनि कुनै दलको समर्थनमा नपर्दा छनोट गर्न नसकीएको र अयोग्य सस्था दलहरुको दवावका कारण भागवन्डामा परेको बतायो स्रोतले उल्लेख गरेको छ ।
जिविसले आसय पत्र माग गर्दा आवश्यक योग्यतामा मुल्य अभिवृद्धी करमा दर्ता भएको,कम्तीमा पाँच बर्षको लेखा परिक्षण प्रतिवेदन भएको, कम्तिमा पाँच वर्षको सम्वन्धित विषयसंगको कार्य अनुभव भएको गैर सरकारी सस्थालाई आसय पत्र पेश गर्न भनीएको थियो तर मुल्याकन गर्दा ति मापदण्डलाई वेवास्ता गरी योग्यता नभएका तर पाटीका झण्डा बोक्ने गैर सरकारी सस्थालाई भागवण्डाका आधारमा छनोट गरीएको छ ।
दलहरुको दवावमा परी सस्था छनोट गरे पछि विवादमा आउने डरले स्थानिय विकास अधिकारी भरत गौतम रातारात भागेर रारा विमान स्थलबाट नेपालगंज पुगेका छन । फोन सम्पर्क गर्दा गौतमले भने, दलहरुका दवावका कारण एक नम्वरमा छनौट भएको कर्णाली सामुदायीक विकास केन्द्र केसिडिसि र दुई नम्बरमा छनोट भएको छायाक्षेत्र सामुदायीक विकास केन्द्र सिसिडिसि मुगुलाई छनोट नगरीएको हो । पुन आसय पत्र पेश गरेका सस्थाहरुको विशषज्ञ मार्फत मुल्याकंन गरीए सम्पुर्ण तथ्य खुल्ने पनि गौतमले वताए ।
लापा इकाई कार्यालय मुगुमा यस सम्वन्धमा बुझदा सम्पर्क हुन सकेन । उक्त कार्यालयका कर्मचारी पनि विवादबाट उम्कन रारा तिर गएको जिविस सो्रतले वतायो ।
जलवायु परिवर्तन सहयोग कार्यक्रम जिल्लाका २४ गाविस मध्य पहिलो चरणमा ५ गाविस रुगा,रोवा ,जिमा,सुकाढिक र माँग्री गाविसमा लागु गरीने छ ।
जिल्ला विकास समिती मुगुले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम सन्चालन गर्न २०७० मंसिर ९ गते पहिलो चोटी आसय पत्र पेश गर्न सुचना गर्दा १८ वटा गैर सरकारी संस्थाले आसय पत्र पेश गरका थिए । लापाले मागेको योग्यतामा कर्णाली सामुदायीक विकास केन्द्र केसिडिसी मुगुले पहिलो पटक प्रकाशित सुचनामा तोकिएका सुचक पुरा गरि ७० नम्वर प्राप्त गरेर छनोटमा परे पनि सार्वजनिक खरिद ऐन २०६३ अनुसार न्यूनतम ३ संस्था छनोट हुनु पर्ने प्रावधान अनुसार अन्य दुई सस्था सोलिड नेपाल र गा्रमिण सामुदायिक विकास केन्द्रले क्रमश ६९ र ६५ नम्वर ल्याएका थिए । उतिर्ण अंक ७० नपुग्दा जिल्ला विकास समिती मुगुले पुन उक्त कार्यक्रम कार्यन्वयनका लागी २०७०÷११÷१२ गते आसय पत्र माग गरेको थियो ।
0 comments
बिचार लेख्नुहोस्..