निजी क्षेत्रबाट गाउँ उज्यालो, सरकारी अलपत्र
मुगु न्युज डट कम,
मुगु, २ चैत्र----------
जिल्लाका विभिन्न स्थानमा नेपाल सरकार, गरिवी कोष, दुर्गम क्षेत्र विकास समितिद्धारा निर्माण गरिएका लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा रहेका वेला स्थानीयवासीले आफ्नै स्रोतबाट गाउँमा विजुली निकालेर गाउँलाई उज्यालो गरिरहेकाछन ।
जिल्लाको उत्तरी क्षेत्रको सोरु भेकमा पर्ने फोतु गाविस वडा नम्बर ३ र ४ लिब्रु गाउँका लागि लिब्रु खोलाबाट १५ किलो वाट क्षमताको विद्युत उत्पादन गर्ने भन्दै दुर्गम क्षेत्र विकास समिति, सुन्दर नेपाल नामक गैर सरकारी संस्था र फोतु गाविसले आर्थिक वर्ष २०६७ । ०६८ मा उपभोक्ता तथा निर्माण समिति गठन गरिए पनि हालसम्म विद्युत उत्पादनका लागि कुनै काम हुन नसकेपछि स्थानीय युवाले आफ्नै खर्चबाट अहिले ८ लाखको लगानीमा चार किलोवाट क्षमताको लघु जल विद्युत उत्पादन गरि गाउँलाई उज्याले बनाएका छन ।
सोहि गाउँका युवा प्रेमबहादुर शाहीले सरकारी लगानीबाट लघु जल विद्युत उत्पादन हुन नसके पछि आफ्नै लगानीमा ६० घरधुरीका लागि चार किलोवाट क्षमताको विद्युत उत्पादन गरेको स्थानीयवासीले बताए । स्थानीयवासीका अनुसार दुर्गम क्षेत्र विकास समिति र अन्य सरकारी तथा गैर सरकारी निकायको लगानीमा चार वर्ष अघि देखि निर्माण कार्य सुरु गर्ने भनिएको १५ किलोवाट उत्पादन क्षमता रहेको लिब्रु खोला लघु जल विद्युत आयोजनाको अहिलेसम्म कुनै काम भएको छैन । गाविसले आयोजनाका लागि दिएको सात लाख हिना मिना भएको छ भने विद्युतिय उपकरण खरिदका लागि ओसियन पावर कम्पनि बुटवललाई दिएको २३ लाख रकम पनि अलपत्र अवस्थामा परेको स्थानीयको भनाई छ । कुल ५० लाख ५७ हजार आयोजनाको लागत रहे पनि नत काम भएको छ नत उपभोक्ता समितिको बैंक खाता नै छ । यस विषयमा दुर्गम क्षेत्र विकास समितिलाई कुनै जानकारी नभएको तथा समितिको चार लाख ८० हजार मात्र म्याचिङ्ग फन्ड रहेको दुर्गम क्षेत्र विकास समितिका ईन्जिनियर सरोज केसीले बताए ।
जिल्ला भरि रहेका गरिवी निवारण कोषको लगानीमा निर्माण भएका दुई दर्जन बढि लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा छन भने दुर्गम क्षेत्र विकास समितिका समेत उस्तै छन । गाउँमा स्थानीयवासीले दियालोको भरमा उज्यालो गर्नु पर्ने बाध्यता रहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..