पत्रकार महासंघद्धारा विभिन्न उप समिति गठन


मुगु न्युज डट कम-
चैत्र ३ मुगु--------------
नेपाल पत्रकार महासंघ मुगु शाखाको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले विभिन्न उप समिति गठन गरेको छ ।
सोमवार बसेको शाखाको पहिलो बैठकले शाखाको तेस्रो जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न गरेकोमा निर्वतमान कार्य समितिलाई धन्यवाद गठन गरेको छ । बैठकले जिल्लामा कार्यरत सञ्चारकर्मिले सम्पुर्ण विषय र क्षेत्रको समाचार सम्प्रेषण तथा संकलन गर्नु पर्ने , जिल्लाको समग्र विकासका लागि सशक्त सञ्चार माध्यमको भुमिका निर्वाह गर्न सहज होस भनेर विमल हमालको संयोजकत्वमा शिक्षा, स्वास्थ्य तथा जनसंख्या, सुमन मल्लको संयोजकत्वमा पर्यटन तथा पुर्वाधार र नृपेन्द्रबहादुर मल्लको संयोजकत्वमा कृषि,बन तथा वातावरण उप समिति गठन गरेको नेपाल पत्रकार महासंघ मुगु शाखाले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..