शिक्षा क्षेत्र सुधारका लागि लैगिंक सम विकास सञ्जालको गठन

मुगु न्युज डट कम ,
चैत्र १३ मुगु-------------
जिल्लामा बालिका तथा किशोरीहरुको शैक्षिक अवस्था सुधार गर्न जिल्ला शिक्षा अधिकारी संयोजक रहने गरि बालिका शिक्षा तथा लैगिंक सम विकास सञ्जालको गठन गरिएको छ ।
विहिबार जिल्ला शिक्षा कार्यालय मुगुमा बसेको शिक्षासंग सम्बन्धित सरकारी तथा गैर सरकारी संघ संस्था तथा सरोकारवाला निकायको छलफल पछि जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेको संयोजकत्वमा सञ्जालको गठन गरिएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । समाजमा रहेको सामाजिक परम्परा, बाल विवाह, छोरीलाई घरायसी कामको बोझ तथा लैगिंक असमानताका कारण जिल्लामा बालिकाहरुले पढ्न नसकेको तथा विद्यालय गए पनि उच्च शिक्षा हाँसिल गर्न नसकेको छलफलमा निष्कर्ष निकालिएको छ ।
 धेरै जसो विद्यालयमा खानेपानी ,शौचालय, शिक्षिकाको व्यवस्था लगायत बालिका मैत्रि विद्यालय वातावरण नहुँदा बालिकाहरुले विद्यालय पुगेर सहज रुपम शिक्षा आर्जन गर्न नसकेको सहभागिले बताएका थिए । समग्रमा जिल्लाका सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु लामो समयमा विद्यालय नजाने गए पनि कक्षामा नबस्ने गरेका कारण शैक्षिक गुणस्तर खस्किदै गएको जिल्ला शिक्षा अधिकारी घिमिरेले बताए ।
पछिललो समयमा शिक्षा विभागले बालिकाहरुको शैक्षिक अवस्था सुधार तथा लैगिंक समानता कायम गर्न सवै जिल्लाहरुमा सञ्जालको गठन गर्ने निती ल्याएको बताईएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..