केन्द्रमा कर्णालीको पहुँच नपुग्दा विकासमा बाधा


सुमन मल्ल,,,,,,
चैत्र १४ गुगु-------------
 नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भए देखि कर्णाली अञ्चलबाट पञ्चायत सदस्य, संसद तथा संविधान सभा सदस्य तथा मन्त्रिसम्म बने पनि राष्टिय योजना आयोग, ठुला मन्त्रालय, कुुटनितिक नियोगमा पहुँच विस्तार नहुँदा समग्र कर्णालीको विकास हुन नसकेको कर्णालीका नेताहरु र कर्णालीवासीको भनाई रहेको छ ।
२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा कर्णाली अञ्चलबाट प्रत्यक्ष र समानुपातिक तर्फबाट एक दर्जन सभासदले सहभागिता जनाउने अवसर पाए पनि एक जना महिला तथा बालबालिका मन्त्रि, एक जना कानुुन मन्त्रि र एक जना राज्य मन्त्रि बने पनि खासै कर्णालीको उचित सहभागिता र पहुँच पुग्न सकेन । जति वेला तत्कालिन एकिकृत माओवादीबाट कालिकोट जिल्लाबाट महिला तथा बालबालिका मन्त्रि खडगबहादुर विश्वकर्मा, समाजबादी जनता पाटीका प्रेमबहादुर सिंह कानुन मन्त्रि ( कालिकोट) र डिल्लीबहादुर महत शान्ति राज्य मन्त्रि ( जुम्ला ) बनेका थिए । दोस्रो पटक २०७० मंसिर ४ गते सम्पन्न भएको संविधान सभा निर्वाचन पछि अहिले कर्णाली अञ्चलबाट ९ जना सभासद छन तर अहिलेको मन्त्रि परिषदमा कोही परेका छैनन । मन्त्रि परिषदले मनोनित गर्ने २६ जनाको हुने दलिय भागबण्डामा कर्णालीबाट पर्ने सम्भावना न्यून रहेको छ । पाटीको नेतृत्व र शक्ति केन्द्र वरीपोरी नघुम्ने ,गुलामी चाकडीमा कर्णालीका राजनीतिज्ञ नलाग्ने भएकाले केन्द्रमा कर्णालीको पहुँच नपुगेको एक पटक शिक्षा सहायक र राज्य मन्त्रि समेत भईसकेका मुगु काँग्रेसका पुर्व सभापति हस्तबहादुर मल्लको भनाई छ ।
पञ्चायत काल देखि अहिलेसम्म कर्णाली अञ्चलबाट झण्डै चार दर्जनले राष्टिय पञ्चायत , प्रतिनीधी सभा, राष्टिय सभा सदस्य बने पनि तिन जनाले पुर्ण रुपमा मन्त्रालयको जिम्मेवारी पाएका छन भने पाँच जनाले सहायक र राज्य मन्त्रिको जिम्मेवारी बाहेक अरुले कुनै अवसर नपाएको देखिएको छ ।
पञ्चायत कालमा वन, जलस्रोत तथा यातायात मन्त्रालयको पुर्ण जिम्मेवारी पाएका जुम्लाका हरिचन्द्र महतले कर्णाली अञ्चललाई सडक यातायातसंग जोडन चिनको तिब्बतबाट सडक निर्माण गर्ने सम्झौता गरे पछि तत्कालिन सरकारले चिनसंग मिलेको भने पछि महतले मन्त्रिबाट नै राजिनामा दिनु परेको पुर्व शिक्षा राज्य मन्त्रि मल्लले बताए ।
मुगुबाट पञ्चायत कालमा राजबहादुर शाह गृह सहायक र बहुदल स्थापना पछि हस्तबहादुर मल्ल शिक्षा सहायक र राज्य मन्त्रि तथा नेकपा माले सरकारमा रहेको वेला मानबहादुर शाही भुमि सुधार राज्य मन्त्रि बनेका थिए । जुम्लाबाट डिल्लीबहादुर महत शान्ति राज्य मन्त्रि, भक्तबहादुर रोकाया वन राज्य मन्त्रि बनेका थिए । डोल्पाका नरबहादुर बुढा आपुर्ति राज्य मन्त्रि (एमाले) तथा मोतिप्रसाद पहाडी यातायात सहायक मन्त्रि ( स्वतन्त्र ) बनेका थिए ।
 पञ्चायत देखि अहिलेसम्म कर्णालीबाट प्रतिनीधित्व गरेका व्यक्ति
हुम्ला ः कर्ण प्रसाद भट्ट ,छविलाल लामा, सुर्य विर शाही, चक्रबहादुर शाही, ,छक्कबहादुर लामा, गोरखबहादुर बोगटी, जीवन शाही र रिता शाही ।
मुगु ः निल विक्रम शाह,कृष्णबहादुर मल्ल, राजबहादुर शाह, तेजबहादुर भाम, हस्तबहादुर मल्ल, चन्द्रबहादुर शाही , सोनाम छेजुम लामा, नवराज धामी र मोहन बाँनिया ।
जुम्ला ः जयबहादुर महत,अदानसिंह कठायत,हरिचन्द्र महत,चन्द्रबहादुर थापा, भक्तबहादुर रोकाया, देवीलाल थापा, डिल्लीबहादुर महत, नरेश भण्डारी, दिनबन्धु श्रेष्ठ, भिमप्रसाद श्रेष्ठ, ललितजंग शाही,
कालिकोट ः धर्मदत्त पाध्याया, तुलाराज भारती, धिरबहादुर हमाल, तिलक न्यौपाने, प्रेमबहादुर सिंह खडकबहादुर विश्वकर्मा, कुम्भराज शाही
डोल्पा ः नरबहादुर बुढा, मोतिप्रसाद पहाडी , लक्ष्मीप्रसाद चौलागाई, क्याबु बुढा,सत्या पहाडी,दुधकुमारी हमाल, कर्णबहादुर बुढा

,

0 comments

बिचार लेख्नुहोस्..