सामाजिक सुरक्षाको रकम बाटोमा नै लुटियो

मुगु न्युज डट कम,
 १३ चैत,मुगु ------------
मुगु स्थित श्रीकोट गाँउ विकास समितीका बाल बालिका,एकल महिला,बृद्घ र अपाङ्गलाई सरकार बाट प्राप्त भएको सामाजिक सुरक्षाको रकम जिल्ला सदरमुकाम गमगढी स्थित बाणिज्य बैकबाट झिकेर वितरणका लागी गाँउ तर्फ जादै गर्दा बुधवार विहान खत्याड भेगको चिमाडुन्ग्री भन्ने स्थानमा लुटिइको जनाईएको छ ।
सामाजिक सुरक्षा भत्ता वाफत वितरण गर्नु पर्ने १८ लाख रुपयाँ लुटिएको श्रीकोट गाविसका सचिव टिकादत्त प्याकुरेलले जानकारी गराउने वित्तिकै हिजै ईनस्पेक्टरको नेतृत्वमा एकिन बुझन प्रहरी घटना स्थलमा पठाई सकिएको र प्रहरीले सबै किसिमको अनुसन्धान गरे पछि कसले लुटेयो,कति लुटियो,लुटिएको हो होईन सबै बाहिर आउने प्रहरी नायव उपरिक्षक पुस्कर केसीले बताए ।
घटना स्थल जिल्ला सदरमुकामबाट पैदल एक दिन पश्चिम पुर्वमा पर्दछ ।

,

0 comments

बिचार लेख्नुहोस्..