जिल्ला विकास समितिबाट मौसमी सेवा प्रवाह


मुगु न्युज डट कम-
चैत्र ३ मुगु--------------
जिल्ला विकास समिति मुगुबाट सेवा ग्राहीलाई मौसमी सेवा प्रवाह गर्दा सेवाग्राहीले समयमा सेवा नपाउदा सास्ती व्यहोर्नु परिरहेको छ ।
जिल्ला विकास समितिका कर्मचारीहरु वर्षमा तिन पटक मात्र जिल्ला बस्ने गरेका कारण सेवाग्राही स्थानीयवासी पनि मौसमी सेवा लिनु परेको छ । अहिले जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतम , लेखा अधिकृत, योजना अधिकृत, योजना शाखाका कर्मचारीहरुले परिषद सकिए लगतै जिल्ला छोडेपछि अहिले जिल्ला विकास समिति सुनसान रहेको छ भने जिविस पुग्ने सेवा ग्राही सेवा नपाएर फर्किने गरेका छन । जिल्ला विकास समिति मार्फत सञ्चालन हुने योजनाको पेश्की, योजना सम्झौता तथा अन्य कामका लागि आउने सेवाग्राही कर्मचारी नभेटिए पछि रित्तै फर्किने गरेको जिविसका कर्मचारीले बताए । नाम खुलाउन नचाहने ति कर्मचारीले भने, हामी स्थानीयवासी बाह्रै महिना कार्यालय कुरेर बस्ने गरेका छौ तर हाकिमहरु वर्षमा तिन पटक मात्र जिल्ला आउने गर्छन । अहिले जिविसमा बाहिरबाट आएका चिठी पत्र दर्ता गर्ने काम बाहेक अरु कुनै काम छैन ।
 जिविसका माथिल्लो तहका कर्मचारी आर्थिक वर्ष सकिने वेला, दशै र तिहारको अगाढी र जिल्ला परिषदका वेला मात्र जिल्लामा देखिने गरेका छन भने बाँकि समयमा जिल्ला बाहिर नै बस्ने गरेका छन । विकास पुर्वाधारका लागि जिविसमा आएको रकम कर्मचारी नबस्दा समयमा नै खर्च नहुने तथा आर्थिक वर्ष सकिने वेला कर्मचारी जिल्ला फकिर्ने समय कम हुँदा विकासका लागि आएको रकम कामै नगरि खर्च हुने गरेको छ भने करोड औ रकम फिर्ता हुने गरेको छ । चालु आर्थिक वर्षको चैत्र पहिलो हप्तासम्म जिविसमा आएको ३८ करोड रकम मध्य अहिलेसम्म ६ करोडमात्र खर्च भएको छ भने ३२ करोड खर्च भएको छैन । अर्को तर्फ आर्थिक वर्ष सकिन चार महिनामात्र बाँकि छ ।

,

0 comments

बिचार लेख्नुहोस्..