कार्यक्रम लागु भएको छ वर्ष पछि अनुगमन समिति गठन



मुगु न्युज डट कम-
चैत्र ४ मुगु------------
नेपाल सरकारले लक्ष्यीत वर्गका लागि भन्दै राष्ट्रिय निशुल्क स्वास्थ्य सेवा कार्यक्रम लागु गरेको छ वर्षपछि जिल्ला स्वास्थ्य कार्यालय मुगुले जिल्ला स्तरिय अनुगमन समिति गठन गरेको छ ।
आर्थिक वर्ष २०६३ । ०६४ देखि सरकारले गरीब ,अपागं लगायतका लक्ष्यीत वर्गका लागि सरकारी स्वास्थ्य संस्थामा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निती ल्याएको थियो । निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दा त्यसको प्रभावकारिता, उपलब्धी , देखिएका समस्या समाधानका लागि जिल्ला विकास समितिको सभापति वा सभापति नभएको अवस्थामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला स्तरिय अनुगमन समिति गठन गर्ने नितीगत व्यवस्था गरेको थियो ।
सरकारले नितीगत व्यवस्था गरे पनि लामो समयसम्म जिल्ला स्वास्थ्य कार्यालयले अनुगमन समिति गठन नगरेको पाईएको हो । विगतमा के थियो , कार्यक्रम कसरी सञ्चालन भयो भन्ने विषयमा मलाई केही थाहा छैन । मैले कार्यक्रम हेर्दा अनुगमन समिति गठन गर्नु पर्ने रहेछ जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख रोशनलाल चौधरीले भने ।
निशुल्क स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्शन जंगलाल बुढाले पनि आफुलाई निशुल्क स्वास्थ्य सेवा कार्यक्रम र अनुगमन समितिका विषयमा अहिले मात्र जानकारी भएको बताए । मंगलवार स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, राजनीतिक दल, नागरिक समाजका प्रतिनीधी रहने गरि निशुल्क स्वास्थ्य सेवा कार्यक्रमका लागि जिल्ला स्तरिय अनुगमन समिति गठन गरिएको छ । सरकारी निती अनुसरा यस कार्यक्रम अन्र्तगत जिल्ला अस्पतालमा ४०, प्राथामिक स्वास्थ्य केन्द्रमा ३२ र स्वास्थ्य चौकिमा २५ प्रकारको औषधी निशुल्क औषधी प्रदान गर्दै आए पनि ग्रामीण क्षेत्रका नागरिकले यो सेवा नपाएको तथा निजी मेडिकलबाट औषधी किन्न बाध्य रहेकलेो राजनीतिक दलका प्रतिनीधीहरुले स्वास्थ्य कार्यालय जिम्मेवार नबनेको आरोप लगाएका छन ।

,

0 comments

बिचार लेख्नुहोस्..