माघ मसान्तसम्म तिस लाख निक्षेप संकलन÷ कृषि, पशुपालन कर्जा लगानीका मुख्य क्षेत्र
सुमन मल्ल------------
चैत्र ४ मुगु-----
जिल्ला कृषि विकास बैंक मुगुले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० लाख बढि निक्षेप संकलन गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा कुल २५ लाख ४२ हजार निक्षेप संकलन गरेको बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० लाख ८७ हजार निक्षेप संकलन गरि गत वर्ष भन्दा यो वर्ष ५ लाख ४५ हजार बढि निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रबन्धक हर्कबहादुर बुढथापाले जानकारी दिए । बैंकका नियमित ग्राहक संख्या २ सय ५ जना छन भने निक्षेपकर्ता ३ सय ६३ जना रहेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षको माघसम्म बैंकले २७ लाख ५६ हजार खुद नाफा आर्जन गरेको छ भने गत वर्षको यो अवधीमा १८ लाख ५८ हजार खुद नाफा आर्जन गरेको बैंकले गत वर्ष भन्दा यो वर्ष ८ लाख ९८ हजार बढि खुद नाफामा वृद्धि गरेको हो ।
मुगु जिल्ला एक वर्ष अघि राष्टिय सडक सञ्जालसंग जोडिएपछि बैंकले घरेलु उद्योग, नगदेवाली, पशुपालन, फलफुल तथा तरकारी खेतिलाई प्रोत्साहन गरि आफ्नो लगानीको क्षेत्र विस्तार गरि कर्जा प्रवाह गर्न थाले पछि अघिल्लो वर्ष भन्दा चालु आर्थिक वर्षमा बैंकले कर्जा लगानी, निक्षेप संकलनमा प्रगति हाँसिल गरेको बैंकले जनाएको छ ।
गत वर्षको सोही अबधीमा ३ करोड २९ लाख ४६ हजार कर्जा लगानी गरेको बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ करोड७३ लाख ७४ हजार कर्जा लगानी गरि अघिल्लो वर्षको तुलनामा १ करोड ४४ लाख २८ हजार बढि कर्जा लगानीमा वृद्धि गरेको छ । ३० लाख २० हजार व्याज असुलीको लक्ष्य लिएको बैंकले यो अवधीमा ३५ लाख ३५ हजार व्याज असुली गरि ११७ प्रतिशतले प्रगती गरेको छ भने गत वर्षको सोही अवधीमा २१ लाख ६६ हजार व्याज असुली गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा व्याज असुली ६३ प्रतिशतले बृद्धि गरेको हो ।
१ करोड ८४ लाख ३८ हजार सावाँ असुलीको लक्ष्य लिएको बैंकले लक्ष्य भन्दा बढि २ करोड १८ लाख ७९ हजार साँवा असुली गरि ११९ प्रतिशतले प्रगती गरेको छ । गत वर्षको सोही अबधीमा बैंकले १ करोड १२ लाख १ हजार मात्र साँवा अशुली गरेको थियो । गत वर्ष २ करोड ३६ लाख ९ हजार कर्जा लगानी गरेको बैंकले चालु आर्थिक वर्षमा २ करोड ५६ लाख ३५ हजार कर्जा लगानी गरि १०३ प्रतिशत कर्जा लगानी वृद्धिदर हाँसील गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..