भिरबाट खसेर एक युवकको मृत्यु


मुगु न्युज डट कम,
चैत्र ४ मुगु------------
करार सेवाको जागिरे अबधी सकिएर घर फर्कदै गरेका पिना गाविस वडा नम्बर ९ का एक युवकको सोमवार भिरबाट खसेर मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा अहेव पदमा करार सेवामा जागिरे रहेको पिना गाविस वडा नम्बर ९ का अमरसिंह कुलाल घर फर्कदै गर्दा पिना गाविसको भैंसे चौर भन्ने स्थानमा भिरबाट खसेर मृत्यु भएको प्रहरी चौकि पिनाले जनाएको छ । करार सेवाको अबधि सकिएर हुम्लाबाट मुगु फर्केका कुलाल उनको गाउँबाट एक घण्टा नजिक रहेको भैंसे चौर भिरमा चिप्लेर लडेको प्रारम्भीक जानकारी आएको प्रहरीले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..