एक सय बढि परिक्षार्थी अनुपस्थित
मुगु न्युज डट कम,
चैत्र ६ मुगु-----------
जिल्ला भरिका सातवटा परिक्षा केन्द्र मध्य जिल्ला शिक्षा कार्यालय मुगुमा पुगेको विवरण अनुसार यो वर्षको एसएलसी परिक्षाका लागि परिक्षा आवेदन फारम भरेका कुल एक हजार १४ जना परिक्षार्थी मध्य एक सय बढि अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
गमगढीमा रहेको महाकाली नमुना उमाविमा २ सय ९६ मध्य ४१ , भवानी मावि पुरुमुरुमा १६, रातापानीमा ३, गम्थामा ४ र विजय मावि कालैमा १२ जना परिक्षार्थी अनुपस्थित रहेको कार्यालयले जनाएको छन भने विवरण आउन बाँकि रहेकाले अनुपस्थित परिक्षार्थीको संख्या एक सय माथी पुग्न सक्ने बताईएको छ । सातवटा परिक्षा केन्द्र मध्य प्रभात उमावि रोवा र जनज्योति मावि नार्थपुको विवरण आई नसकेको कार्यालयले जानकारी दिएको छ ।
गत वर्ष देखि सरकारले एसएलसी परिक्षाका लागि घर पायक परिक्षा केन्द्र हटाउने निर्णय गरे पछि एक स्थानबाट अर्को स्थानमा परिक्षा दिन गएका परिक्षार्थी र तिनका अभिभावकलाई बस्न र खानको समस्या परेको बताईएको छ ।

0 comments
बिचार लेख्नुहोस्..