डोल्पामा शान्तिपुर्ण रुपमा सञ्चालन


पुष्पराज शाही------
डोल्पा,
१४ वटा मात्र माध्यामिक विद्यालय रहेको डोल्पा जिल्लामा एसएलसी परिक्षा शान्तिपुर्ण रुपमा परिक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
दुईवटा मात्र परिक्षा केन्द्र रहेको डोल्पामा सरस्वती उमावि दुनैमा परिक्षा फारम भरेका नियमित तर्फका २ सय ६२ परिक्षार्थी मध्य २ सय ५८ जना परिक्षार्थी सहभागि भएका छन भने चार जना अनुपस्थित रहेका छन । एक्जाम्टेड तर्फ ४७ जना परिक्षार्थी मध्य ४७ जना नै परिक्षामा सहभागि भएका छन ।
जन प्रभा उमावि लिपु परिक्षा केन्द्रमा नियमित तर्फ परिक्षा आवेदन भरेका२ सय ५४ जना परिक्षार्थी मध्य २ सय ४० जना परिक्षार्थी सहभागि रहेका छन भने १४ जना अनुपस्थित भएका छन । त्यस्तै एक्जाम्टेड तर्फ ४३ जना परिक्षार्थी मध्य ३६ जना मात्र उपस्थित भएका छन ।

,

0 comments

बिचार लेख्नुहोस्..