गमगढी धैन सडकको शुन्य विन्दुबाट तत्काल काम गर्ने समन्वय समितिको निर्णय

मुगु न्युज डट कम
फागुन २२ मुगु
ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत निर्माण हुन लागेको गमगढी धैन रिगा सडक खण्ड अन्र्तगत गमगढी रारा गिलाह सम्मको २१ किलो मिटर सडक खण्डको निर्माण कार्य सुरु गर्न गाविस स्तरिय समन्वय समितिले सरोकारवाला निकायसंग छलफल तथा सहजीकरण गर्ने निर्णय गरेको छ ।
 विबिवार बसेको समितिको बैठकले जिल्ला अस्पतालमा रहेको शुन्य विन्दु देखि साँदे पानीसम्मको २ दशमलव ५ किलो मिटर सडक गएको वर्ष जिल्ला विकास समिति मार्फत सिंजा भ्यालीको डोजर लगाएर खनिए पनि तत्कालिन उपभोक्ता समितिबाट डोजर कम्पनिले सम्झौता अनुसारको रकम नपाएको भने पछि उक्त सडक खण्ड चौडा गर्दा आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै डोजर कम्पनि , उपभोक्ता समिति र जिविस विच छलफल र समन्वय गरि तत्काल शुन्य विन्दुबाट सडक  चौडा गर्ने निर्णय गरिएको छ ।
ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत गमगढी देखि रारा गिलाहसम्मको २१ किलो मिटरमा पर्ने श्रीनगर र रारा गाविसमा निर्माण समिति गठन भई ¥यापले सडक निर्माणका लागि तालीम दिई सकेको छ भने पुर्न निर्माण तथा अनुसन्धान विकास केन्द्रले सामाजिक सहजीकरणको जिम्मा लिई काम सुरु गरिसकेको अवस्थामा अहिले निर्माण थालिएको स्थानबाट समेत ततकाल काम सुरु गर्ने निर्णय गरेको छ ।
 यो कार्यक्रमले सडक आसपास पर्ने वस्तीका समुदायमा आय आर्जन तथा जिविकोपार्जनका कार्यक्रम समेत सञ्चालन गरि स्थानीयवासीको जीबन स्तरमा समेत सुधार गर्ने लक्ष लिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..