एनजीओकर्मीद्धारा भौतिक आक्रमण गर्ने धम्की

मुगु न्युज डट कम
जुम्ला फागुन २२,
जुम्लाका एक  एनजीओ कर्मीद्धारा पत्रकारलाई धम्की दिईएको छ । नागरिक कर्मी डिवि वुढालाई किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक मेघराज न्यौपानेले एक हप्ता अघि प्रकासित समाचारलाई लिएर जिप्रका जुम्ला अगाडी धम्की दिएका हुन । गैर सरकारी संस्थाहरु जिविसलाई टेर्दैनन भन्ने शिर्षकमा छापिएको समाचारले अन्य एनजीओको ध्यानाकर्षण गराए पनि उनले आफ्नो गल्तीलाई सोच्दै नसोची भौतिक आक्रमण गर्ने समेत धम्की दिए ।
उनले धेरै नवोल्नुस तपाई त हात छा्ड्न लायक मान्छे हो, भनेर भनेका थिए । शुसासनका क्षेत्रमा लामो समय देखि आवाज उठाईरहेको संस्था किर्डाकको संयोजक भएर पनि जिम्मेवार हुन नसकेको क्रियाशील पत्रकारहरुले जनाएका छन ।  किर्डाक जुम्लाका शिक्षा अधिकृत रेशम शाहीसंग पारी वजारतिर जान लागेका संयोजक न्यौपानले विच वाटोमै रोकेर धम्की दिएका हुन ।
समाचार प्रति टिका टिप्पणी गर्न प्रेश विज्ञाप्ती निकालेर वा छलफलका आधारमा टुग्याउन सकिने अवस्था रहेपनि उनले एक्कासी अभद्र र गैर जिम्मेवार अभिव्यक्ति दिएका हुन । संयोजक न्यौपानेले धम्की दिदै गर्दा नागरिक कर्मीका पत्नी र छोरा संगै थिए । उनीहरुले समेत पत्रकार सुरक्षाको लागि प्रहरी प्रशासनलाई आग्रह गरेका छन ।
सो समाचार प्रति यहाँका अन्य गैरसरकारी कार्यालयहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन । समाचारमा गैरसरकारी संस्था महासंघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे र नेमकिपाका अध्यक्ष शिवलाल डाँगीको भनाईलाई उदृध गरिएको छ । उनीहरुले गैरसरकारी संस्था, लाईन एजेन्सीका प्रतिनिधीहरु विषयगत समिती जस्तो महत्वपुर्ण वैठकमा नआउनु दुखद भएको वताएका छन । अधिकांस गैरसरकारी संस्था नआउदा विषयगत समितीको वैठक समेत एक दिन स्थगित भएको थियो । विभिन्न ठाउँवाट समाचारको फोन आएको भन्दै उनीहरुलाई स्पष्ट गर्न नसकी नागरिक कर्मीलाई धम्की दिएका हुन ।
जिविसका कार्यक्रम अधिकृत क्षेत्रवहादुर वुढ्थापाले गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम पेश नगरेको र योजना समेत पेश नगरेकोले विषयगत समितीको वैठक एक दिन स्थागित भएको एकिकृत योजना तर्जुमा वैठकका क्रममा वताएका थिए । क्षेत्रवहादुर वुढ्थापा सर्वे सर्वा होईनन उनले भने जिविसको कुरा नउठाउनुस । गैरसरकारी कार्यालयहरुलाई यहाँका राजनैतिक दल नागरिक समाज र विषयगत कार्यलयहरुले जिम्मेवार वनाउनु पर्नेमा जोड दिएका छन । अधिकांस एनजीओले ईलाका परिषद र गाउँ परिषदमा समेत कार्यक्रम पेश गरेका छैनन ।

,

0 comments

बिचार लेख्नुहोस्..