हिउको चिसोले शिक्षकको ज्यान गयो
मुगु न्युज डट कम,
मुगु २३ फागुन------------
विद्यालयको हिउँदे विदा सकिएपछि घरबाट आफनो कर्मस्थल विद्यालय फर्कदै गरेका एक शिक्षकको हिउँको चिसोले गर्दा गए राती ज्यान गएको छ ।
मुगु जिल्ला स्थित पुर्वी करान भेगको पुलु गाविसमा रहेको सरस्वती प्राथामिक विद्यालय सेरोगमा कार्यरत सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नम्बर ५ घर भएका शिक्षक कृपानन्द झाको मुगु जिल्ला स्थित घुच्ची लेखमा गए राती चिसोले ज्यान गएको हो ।
मृतक झासंग मुगु जिल्लामा कार्यरत शिक्षक श्रीलाल लेखी,सुर्यनारायण साह लगायतका साथीहरु हिमपातका कारण मुगुको रारा विमान स्थल गत १५ गतेबाट बन्द भएपछि नेपालगंज देखि जुम्लाको गोठी जिउलासम्म गाडीमा आएका र मुगु जाने मोटरबाटोमा ३ फिट बढी हिउँ परेकाले पैदल हिडेर मुगु फर्कदै थिए ।
प्रारम्भीक चरणमा हिउँको चिसोले मृत्यु भएको बुझीए पनि मृतकको पोष्टमार्टम पछि मात्र के कसरी मृत्यु भएको हो थाहा हुने प्रहरी नायब उपरिक्षक पुष्कर केसीले बताए ।
घटना स्थल जिल्ला सदरमुकाम गमगढी देखि तिन घण्टा दक्षिण पश्चिम पिना गाविसमा पर्दछ ।

0 comments
बिचार लेख्नुहोस्..