दलितका पेशालाईव्यसायीक मान्यता दिन दलित अगुवाको माग
मुगु न्युज डट कम---------
मुगु, १४ चैत्र,जिल्लाका २४ वटा गाविसमा रहेका दलित समुदायले अंगाल्दै आएका पेशा व्यवसायलाई संस्थागत रुपमा सम्मानित पेशाका रुपमा मान्यता दिन जिल्ला दलित सञ्जाल मुगुले माग गरेको छ ।
सदरमुकाम गमगढीमा शुक्रबार आयोजना गरेको दलित सवाल सम्बन्धि पत्रकार सम्मेलनमा दलित अगुवाहरुले दलित समुदायले अँगाल्दै आएका दमाह बाजा, कपडा सिलाई , आरन ( घरेलु औजार ) जस्ता व्यवसाय उपल्लो जातले अपमान गर्ने खालको हुँदै गएको , जसले गर्दा दलित समुदायले अँगालेको पेशा संकटमा पर्दै गएकाले अब सरकारी तहबाट यस्ता पेशाको सम्मानजक र संस्थागत विकासका लागि आधिकारिकता प्रदान गर्नु पर्ने सञ्जालका अध्यक्ष जर्मन नेपालीले बताए ।
परम्परा देखि दलित समुदायले गर्ने पेशाका कारण दलितहरु विभेद र शोषणमा परेका , दलितहरु दलित समुदायबाटै शोषणमा परेका तथा समग्र राज्य व्यवस्थाले निती नियम बनाए पनि दलितको उत्थान हुन नसकेको भन्दै सञ्जालले जिल्लामा दलितहरुको क्षमता विकास, सशक्तिकरण, दवावमुलक कार्यक्रम गर्ने जनाएको छ । अहिलेसम्म जिल्लामा रहेका दलित समुदाय जल, जंगल र जमिनको स्वामित्वबाट टाढा रहँदा उनिहरुको खाद्य अधिकार हनन भएको जसले गर्दा शिक्षा, रोजगार , राजनीतिक क्षेत्रको पहुँचबाट टाढा रहनु परेको दलित अधिकार कर्मिले बताएका छन । मुख्य गरि दलित समुदाय जल, जमिन र जंगलमा स्वामित्व काय नहुँदा भुमिहिन बन्नु परेको तथा परम्परागत पेशा अंगाल्दा अपमान सहेर बस्नु पर्ने बाध्यता रहेको उनिहरुको दावी छ ।
शुक्रबारको पत्रकार सम्मेलन दलित आन्दोलन र सामाजिक रुपान्तरणको अभियानको सुरुवात भएको सञ्जालको भनाई छ । यसको लगतै सरकारी तथा गैर सरकारी निकायसंग दलितका सवालका विषयमा अन्र्तक्रिया गर्ने , राजनीतिक दलहरुसंग अन्र्तरक्रिया गरि प्रतिबद्धता माग गर्ने लगायतका कार्यक्रम सञ्जालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । अहिलेसम्म दलितले भोग्नु परेका उत्पीडनका मुद्दाहरु सञ्चार माध्यममा आउन नसकेकाले जिल्लामा क्रियाशील सञ्चार माध्यम र सञ्चारकर्मिसंगको समन्वयलाई निरन्तर र प्रभावकारी बनाउने पनि सञ्जालले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..