पुर्नस्थापना समावेशी सम्बन्धि दुई दिने तालीम सुरु
मुगु न्युज डट कम,
चैत्र १४ मुगु----------
जिल्लामा रहेका अपागं नागरिकहरुलाई विकासको मुल प्रवाहमा समेट्न गरिएका सरकारी तथा गैर सरकारी निकायहरुले थालेका पहल तथा उपलब्ध गराउने सेवाका विषयमा सरोकारवाला निकायहरुका लागि शुक्रवार देखि दुई दिने समुदायमा आधारित पुर्नस्थापना समावेशी तालीम सुरु भएको छ ।
आई.एन. एफ. मुगुको आयोजना तथा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम (सि.वि. आर.) को आर्थिक सहयोगमा गमगढीमा सुरु भएको तालीममा अपागंको क्षेत्रमा काम गर्ने निकायलाई नेपाल सरकारले अपागं सम्बन्धि प्रवाह गर्ने सेवा, अपागं व्यक्तिलाई विकासको मुल प्रवाह ल्याउने लगायतका विषयमा जानकारी गराईने भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..