स्वास्थ्यको वेभ साईटमा गलत उपलब्धी विवरण


सुमन मल्ल
फागुन २२ मुगु
जिल्ला स्वास्थ्य कार्यालय मुगुले जिल्लाको स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका सम्पुर्ण कार्यक्रमको उपलब्धी हाँसिल गरेको आफ्नो आधिकारीक वेभ साईटमा गलत विवरण राखेको पाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुले आर्थिक वर्ष २०६८ । ०६९ सालमा जिल्लामा सञ्चालित क्रियाक्लापले परिणाम उपलब्धी नजिक पुगेको उल्लेख गरेको छ । २०६९ साउन ४ गते www.mugu.dohs.gov.np प्रकाशित विवरणमा हिमाली जिल्ला मुगुमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा विभिन्न दातृ निकायको सहयोगमा स्तरोन्नती तथा पुर्वाधार निर्माण गरिएको उल्लेख छ । जिल्ला भरिका स्वास्थ्य संस्थामा कुल १ सय ९६ दरबन्दि मध्य २६ दरबन्दि रिक्त रहँदा रहँदै पनि स्वास्थ्य क्षेत्र सुधारको ठुलो उपलब्धी नजिक पुगेको वेभमा उल्लेख गरिएको छ ।
कार्यालयको आफ्नै आधिकारीक वेभ साईटमा जिल्लाका विभिन्न सात गाविसमा रहेका स्वास्थ्य चौकिका लागि विभन्न दाताको सहयोगमा भौतिक पुर्वाधार निर्माण गरिएको उल्लेख गरे पनि वास्तविक स्थान भने जुम्ला जिल्लाका गाविस रहेका छन । पातारासी स्वास्थ्य चौकी ( DFID ),डिल्ली चौर स्वास्थ्य चौकि ( GTZ ), तलिउम स्वास्थ्य चौकि ( DFID ), हाँकु र ताम्ती स्वास्थ्य चौंकि (Diproces ) , धापा स्वास्थ्य चौंकि ( World Vision ) र घोडे महादेव स्वास्थ्य चौकि ( UPAP )  लगायतका दातृ निकायको सहयोगमा स्वास्थ्य चौकिका भवन निर्माण गरिएको उल्लेख छ । वेभमा उल्लेखित गाविस तथा स्वास्थ्य चौकि सवै जुम्ला जिल्लामा रहेका छन ।
कार्यालयको वेभ साईटमा यसरी गलत विवरण राख्दा जिल्लाको स्वास्थ्य क्षेत्रको उपलब्धी मापन तथा सञ्चालन हुन सक्ने स्वास्थ्य सम्बन्धि कार्यक्रमका बाटाहरु अबरुद्ध हुन सक्ने सरोकारवाला निकायको भनाई छ । वेभ साईटमा जिल्लाको स्वास्थ्य क्षेत्रको प्रगति विवरण राख्दा त्रुटि रहेकाले विवरण राख्ने व्यक्तिलाई तत्काल सच्याउन भनि सकेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख रोशनलाल चौधरीले जानकारी दिए । एक वर्षको विवरण त्रुटिपुर्ण रुपमा वेभसाईटमा प्रकाशित भए पनि त्यसले कुनै असर नपार्ने प्रमुख चौधरीले बताए ।

, ,

0 comments

बिचार लेख्नुहोस्..